विद्यालय व्यवस्थापन तथा शिक्षण सिकाई सम्बन्धी अन्तरक्रिर्या कार्यक्रम मनेवा पाटामा सम्पन्न

अनिश पाठक – विद्यालय व्यवस्थापन तथा शिक्षण सिकाई सम्बन्धी अन्तरक्रिर्या कार्यक्रम मनेवा पाटामा सम्पन्न भएको छ । मंगलबार गलकोट नगरपालिका वडा नं. ११ रिघाको वडा शिक्षा समितिको आयोजनामा मनेवा आधारभुत विद्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरक्रिर्यामा फेदी आधारभुत विद्यालय, मनेवा आधारभुत विद्यालय, सरस्व्ती प्रथमिक विद्यालय र बाल ज्योति आधारभुत विद्यालय गरि ४ विद्यालयका प्रध्यानाध्यापक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधी, शिक्षक लगाएको सहभागिता रहेको थियो ।

सो अबसरमा कोरोना माहामारीको समयमा शिक्षण सिकाई संचालनको बारेमा छलफल गरिएको थियो ।

विद्यार्थिलाई शिक्षण सिकाईमा निरन्तर सहभागि गराउन अनलाईन तथा बैकल्पीक शिक्षण पद्धतिलाई संचालन गर्न विद्यालयलाई आग्रह गर्न उक्त अन्तरक्रिर्याको आयोजना गरिएको टोल विकास समितिका अध्यक्ष तथा वडा अध्यक्ष डम्बर बहादुर श्रीसले बताए ।

उक्त अन्तरक्रिर्यालाई गलकोट नगरपालिकाका शिक्षा शाखाका प्रतिनिधि मनु सिङ्जाली, वडा शिक्षा समितिका सचिव तुल बहादुर श्रीस र रत्न लक्ष्मी माविका शिक्षक कविराज भट्राईले सहजिकरण गरेका थिए ।

विद्यालयलका प्रध्यानाध्यापक तथा प्रतिनिधीले आ–आफ्नो धारणा राखेको अन्तरक्रिर्यामा वडा शिक्षा समिति सदस्य तथा वडा सदस्य श्याम श्रीस, र माया सिङ्जाली, टोल विकास समितिको तर्फदेखि तेजिन्द्र श्रीस, व्यवस्थापन समितिको तर्फदेखि पुर्ण राकस्कोटी, जिल्ला समन्वय समितिका सदस्य रुपा विक, वडा शिक्षा समितिका सदस्य दान बहादुर श्रीसले बोलेका थिए ।

अन्तक्रिर्य कार्यक्रम वडा शिक्षा समितिका अध्यक्ष डम्बर बहादुर श्रीसको अध्क्षयता, रत्न लक्ष्मी माविका प्रध्यनाध्यापक तुल बहादुर श्रीसको स्वागत रहेको कार्यक्रम शिक्षा समिति सदस्य तथा सानो रिघा आधारभुतका शिक्ष्ँक नरेन्द्र पुनले गरेका थिए ।

बुधबार रत्न लक्ष्मी मावि रिघामा ५ विद्यालयको अन्तरक्रिर्याको आयोजना गरिएको अध्यक्ष श्रीसले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय