भुवन काफ्ले मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज मुसिकोट नगरपालि वडा नम्बर १-९ मा रहेका बिभिन्न स्वास्थ्यचौकीहरुमा गरिएको २ जनाको एन्टिजिन परिक्षणबाट २ जनामै कोरोना संक्रमण देखिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
आज कोरोना संक्रमित हुने मध्यमा मुसिकोट नगरपालिका वडा नम्बर ७ का १ जना २६ बर्षिय पुरुष र १ जना ३९ बर्षिय महिला रहेका छन् ।
आज थप २ जना कोरोना संक्रमित थपिएसंगै मुसिकोट नगरपालिकामा कोरोनाको तेस्रो भेरियन्ट ( ओमिक्रोन) बाट संक्रमित भएका कुल सक्रिय संक्रमितको संख्या २४ पुगेको छ ।
अहिले संक्रमित सबैको अबस्था सामान्य रहेकोले होम आइसोलेसनमा पठाइएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा संयोजक डिबी जिसीले जानकारी दिनुभयो ।


