भुवन काफ्ले मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज मुसिकोट नगरपालि वडा नम्बर १-९ मा रहेका बिभिन्न स्वास्थ्यचौकीहरुमा गरिएको १५ जनाको एन्टिजिन परिक्षणबाट ५ जनामा कोरोना संक्रमण देखिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
आज कोरोना संक्रमित हुने मध्यमा मुसिकोट नगरपालिका वडा नम्बर ७ का ३ जना परुष, वडा नम्बर ४ का १ जना पुरुष र वडा नम्बर ६ का १ जना पुरुष रहेका छन् ।
आज थप ५ जना कोरोना संक्रमित थपिएसंगै मुसिकोट नगरपालिकामा कोरोनाको तेस्रो भेरियन्ट ( ओमिक्रोन) बाट संक्रमित भएका कुल सक्रिय संक्रमितको संख्या २२ पुगेको छ ।
अहिले संक्रमित सबैको अबस्था सामान्य रहेकोले होम आइसोलेसनमा पठाइएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा संयोजक डिबी जिसीले जानकारी दिनुभयो ।
यो पनि पढ्नुहोस् – अनिष पन्थी,गुल्मी । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरेको छ।
सोमबार सूचना जारि गर्दै कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोरोना सङक्रमण भएको र आइसोलेसनमा उपचाररत भएको कुरा जानकारी दिदै अत्यावश्यक सेवा, सुरक्षा र बिपद व्यबस्थापन बाहेक अन्य सेवा अर्को सुचना नआउन्जेल सम्मको लागि भोलि मंगलबारबाट बन्द गरिएको प्रमुख जिल्ला अधिकारी पुन्य बिक्रम पौडेलले जानकारी दिए।
कार्यालयमा सेवाग्राहीहरुको भिडभाड उच्च रहेको र कोभिड १९ को संक्रमणको जोखिम थप बढ़ने अवस्थालाई मध्यनजर गर्दै प्रशासनबाट प्रवाह हुने अत्यावश्यक सेवा अन्तर्गत पर्ने शान्ति सुरक्षा र विपद् व्यवस्थापन बाहेक अन्य सेवाहरु माघ ११ गतेदेखि लागू हुने गरी अर्को सूचना जारी नहुन्जेलसम्मको लागि स्थगन गरिएको बताइएको छ ।
यदि अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीले पूर्व मिति माघ ७ मा जारी भएको सूचनामा उल्लेख भएबमोजिम खोप कार्ड देखाउन र स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गरि आउनुपर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।
गुल्मीमा पछिल्लो क्रम कोरोना भाइरसको सङक्रमण दिन प्रती दिन बढेको छ। स्वास्थ्य कार्यालय गुल्मीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आज गुल्मीमा थप ६६ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ।
९७ जनाको एन्टिजेन परिक्षणको क्रममा यहाँका विभिन्न स्थानीय तहबाट ३३ पुरुष र ३३ महिलामा सङक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।
हालसम्म यस जिल्लामा २८८ जना कोरोनाका सक्रिय सङक्रमित रहेको र सङक्रमित सबै होम आइसोलेसनमा रहेको बताइएको छ।
यस जिल्लामा अहिले एन्टिनेज परिक्षण मात्र गरिएको छ ।पिसिआर प्रयोगशाला भएता पनि बजेट अभावको कारण सन्चालनमा आउन सकेको छैन।


