नेशनल लाइफ इन्स्योरेन्स कम्पनीद्धारा वडागाउँमा मृत्युदाबी भुक्तानी

विष्णु प्रसाद आचार्य (चकित ) गुल्मी ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेड गुल्मिले मुसिकोट न पा ४ वडागाउँमा मृत्युदाबी भुक्तानी गरेको छ , यम बहादुर थापाका छोरा अमर बहादुर थापाले बिगत ३ बर्ष पहिले २ लाख बिमान्कको बिमा गर्नु भएको थियो ।

उर्हाँले १६ हजारका दरले २ किस्ता बुझाउनु भएको थियो। उहाँको वैदेशिक रोजगारिका क्रममा मलेसियामा हृदयघातका कारण मृत्यु भएकोले उहाँको बिमान्क २ लाख र २ बर्षको बोनस गरि दुइ लाख अड्तिस हजार दुइ सयको चेक हस्तान्तरण गरेर परिवारमा राहत प्रदान गरेको एजेन्सी म्यानेजर वसन्त अधिकारीले जानकारी दिनुभयो ।

लगानिको भरपर्दो माध्यम बिमा भएकोले बिमामा लगानी गर्न उहाँले सबैलाइ अनुरोध गर्नुभएको छ । साथै कुन कम्पनीमा बिमा गर्ने, कस्ता एजेन्ट सङ बिमा गर्ने, कुन योजना मा बिमा गर्ने, परिवारको कुन सदस्यको बिमा गर्ने, कति बिमान्कको बिमा गर्ने, जस्ता कुरा बुझेर मात्र बिमा गर्नुहुन अनुरोध समेत अधिकारीले गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय