कोरोनाविरुद्धको खोप लगाएको केही मिनेटमा एकजनाको मृत्यु

धनगढी । कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएको केही मिनेटमै एकजनाको मृत्युु भएको छ ।

आइतबार दिउँसो कैलारी गाउँपालिका–४ को आधारभूत स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाएका ‘के’ गाउँका ५३ वर्षीय लक्ष्मण डगौराको मृत्युु भएको हो ।

‘दिउँसो करीब दुई बजेतिर उहाँ(मृतक) आधारभूत स्वास्थ्य केन्द्रमा भेरोसेल खोपको दोस्रो डोज लगाएर घर फर्किनुुभएको थियो,’

वडाध्यक्ष भिखराम चौधरीले अनलाइनखबरसँग भने, ‘तर १५/२० मिनेटमै बाटोमै उहाँको मृत्युु भएको खबर आयो । अहिले शव आधारभुुत स्वास्थ्य केन्द्रमा राखिएका छ ।’

वडाध्यक्ष चौधरीका अनुसार अहिले स्वास्थ्य कार्यालय कैलालीका प्रतिनिधि, सुरक्षाकर्मी, मृतकका परिवार र जनप्रतिनिधिबीच छलफल भइरहेको छ । मृत्युुको कारण भने खुल्न नसकेको उनले बताए ।

मृतक डगौराको घर स्वास्थ्य केन्द्रदेखि अन्दाजी एक किलोमिटरको दुूरीमा छ । – अनलाईखबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय