ओलीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

अध्यक्ष ओलीसँगै उहाँकी पत्नी राधिका शाक्यलाई पनि कोरोना पुष्टि भएको हो । सुरुमा एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पत्तिले पीसीआर परीक्षण गराएका थिए ।

पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि अहिले ओली दम्पत्ति आफ्नो निवासमा नै आइसोलेसनमा छन् ।

यसभन्दा अगाडि जोगिँदै आउनुभएका पूर्वप्रधानमन्त्री ओलीलाई कोरोना संक्रमण भएको पहिलो पटक हो ।

अध्यक्ष ओलीलाई कोरोना संक्रमण भएको जानकारी एमालेले केहीबेरमा औपचारिक प्रेस वक्तव्यमार्फत दिने भएको छ ।

अध्यक्ष ओली पछिल्लो समय सार्वजनिक कार्यक्रममा भने जानुभएको थिएन । आज एमालेको पत्रकार सम्मेलन हुने भनिएकोमा अध्यक्षलाई कोभिड संक्रमण भएपछि स्थगित भएको छ ।

नेपालमा पछिल्लो कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ । केही समयअघि मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरुलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय