गुल्मी मुसिकोटका सरसफाई अभियान्ता हरिप्रसाद सापकोटाको मस्तिस्कघातका कारण निधन

मंगलबार ०९, मंसिर २०७७,रामकृस्ण कंडेल,वामीटक्सार

गुल्मीको मुसिकोट नगरपालिका ७ बसपार्क निवासी सरसफाई कार्यक्रमका अभियान्ता समाजसेबि हरिप्रसाद सापकोटाको दुस्खद निधन भएको छ।आज बिहान पुजा गर्ने क्रममा आफ्नै निवासमा ६।४५ बजे तिर मस्तिस्कघातका कारण एक्कासी चक्कर आई ढल्नु भएका सापकोटाको बिहान १०बजे निधन भएको हो।

उहॉ लाई बचाऊनको लागि परिवारले पोखराबाट हेलिकप्टर बोलाएता पनि हेलिकप्टर आईपुग्नु अघिनै उहॉको निधन हुन पुग्यो। साबिक वामी गा बि स भित्र धेरै बर्ष अगाडि देखिनै सार्बजनिक स्थल हरूमा सरसफाई अभियान शुरू गर्दै आऊनु भएका समाजसेबि सापकोटाको निधनले यस क्षेत्रनै दुस्खी तथा स्तब्ध छ।

शोकाकुल आफन्तजन हरू स्व।सापकोटाको निवासमा
वामीटक्सारमा शिक्षा क्षेत्रको बिकासको लागि स्थापित बिधालय तथा क्याम्पस सन्चालनको क्रममा आयोजित धार्मीक कार्यक्रम हरूमा सर्बोत्कृस्ट दानबिरको रूपमा सापकोटा परिवार रहदै आएको छ।

हरेक समय प्रस्ट बिचार राख्ने स्वभाब भएका स्व।सापकोटाको आजै मुनपा(७ स्थित झेंदिमा अन्त्येष्टि गरिएको छ। प्रमुख शोमनाथ सापकोटाले नेकपाको पार्टी सदस्य समेत रहनु भएका स्वर्गिय हरिप्रसाद सापकोटाको पार्थीब शरिरमा नेकपाको झन्डा ओढाई सम्मान ब्यक्त गर्नु भएको थियो।

अन्त्येष्टि कार्यक्रममा नेकपा जिल्ला कमिटि सदस्य तथा नगर कमिटि सचिब अग्निधर लोहनी,नेपाली कॉग्रेस जिल्ला सचिब बिस्णु कुमारी सापकोटा,नेकपा मुसिकोट नगर कमिटि सदस्य तथा वडानं ७ का वडाध्यक्ष प्रकाश काफ्ले,वडानं ८ का वडाध्यक्ष नारायण सापकोटा,महेश बहादुर जि शी,रामबहादुर बोहोरा लगायत स्व।सापकोटाका सयौं साथीहरू,शुभ चिन्तक हरू र आम सर्बसाधरण हरू को शहभागिता रहेको थियो।

स्वर्गिय सापकोटाको सम्मानमा नेपाल कम्युनिस्ट पार्टी९नेकपा० ७ नं वडा कमिटिले आर्यघाटमा मौनधारण कार्यक्रमको आयोजना गरेको थियो।कार्यक्रमको सन्चालन गर्दै ७ नं वडा कमिटि अध्यक्ष गोपीकृष्ण खरेलले स्वर्गीय हरिप्रसाद सापकोटाको योगदानको बारेमा चर्चा गर्नु भएको थियो।स्व सापकोटाका आफ्ना छोरा हरूले दागबत्ती दिनु पुर्ब १ मिनेट उहॉको संझनामा मौनधारण गरिएको थियो।

स्व सापकोटाका ३ छोरा हरूले वामीटक्सार बसपार्कमा सागर स्टोर्स सन्चालन गर्दै आऊनु भएको छ।उहॉका माईला छोरा श्रीकृस्ण सापकोटा र रामकृस्ण सापकोटा सामाजिक कार्यमा समेत सकृय हुनुहुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय