मुसिकोटमा काँग्रेसले गर्यो शोक सभा सम्पन्न ।।

चकित; विष्णु प्रसाद आचार्य, गुल्मी,।  नेपाली काँग्रेसले मुसिकोट न पा ७ वामी काफलटोलामा आइतबार शोकसभा सम्पन्न गरेको छ । वडा नं ७ टोल न. २ का उपसभापति लोकनाथ काफ्लेकी ममतामयी माता बसुन्धरा काफलेको ८७ वर्षको उमेरमा भएको दुखद निधनको नवौँ दिनको पुण्य तिथीमा शोकसभा सम्पन्न गरिएको वडा सचिव तेजिन्द्र जिसीले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस कपिलवस्तुका जिल्ला सदस्य तथा पार्टी अनुशाासन विभाग प्रमुख रवि काफ्ले प्रमुख अतिथीको रुपमा बोल्दै वसुन्धरा काफ्लेको निधनले पुरै पार्टी पङ्तिलाइ ठुलो क्षती पुराएको भन्दै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ती मिलोस भन्दै परिवारजनमा समवेमना प्रकट गर्नुभएको थियो । स्वर्गिय काफ्लेको तस्बिरमा पुष्पगुच्छा तथा अबिर चढाउँदै मैनबतत्ती बालेर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा नेपाली काँग्रेस गुल्मी जिल्ला सदस्य कल्पना घिमीरे, नेपाली काँग्रेस पुर्व गुल्मी जिल्ला सदस्य फन बहादुर रायमाझी,वडा नं ८ का वडा सभापति तारा बहादुर रायमाझी, शिक्षक युनियन गुल्मीका पुर्व अध्यक्ष भीमलाल सापकोटा, वडा सचिव तेजिन्द्र जिसी र डिलाराम खरेल, ने वि संघ मुसिकोट नगर कार्यवाहक सभापति गम्भिर खत्री, नगर सचिव द्धय सुरज कार्की र जमुना कार्की, सामुदायिक रेडियो पुष्पाञ्जलीका स्टेशन म्यानेजर प्रकाश घिमीरे,समाचार प्रमुख सागर भण्डारी,पार्टी सदस्यहरु, तरुणदल, महिला संघ, विभिन्न संघ सँस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा पार्टी, भातृ सँगठन नेपाल विद्यार्थी संघ, आमा समुह, सामुदायिक रेडियो पुष्पाञ्जली, भगवती प्राथमिक विद्यालय तथा विभिन्न सँघसँस्थाहरुले समवेदनापत्र वाचन गरेर परिवारलाइ बुझाएका थिए । स्वर्गिय वसुन्धरा काफ्लेको तस्बिरमा, पुष्पगुच्छा तथा अबिर चढाउँदै मैनबतत्ती बालेर श्रद्धाञ्जली अर्पण गरी सुरु गरिएको कार्यक्रममा ने का मुसिकोटका नगरसभापति सुर्दशन शाक्यको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन ने का वडा नं ७ का सचिव तेजिन्द्र जिसीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय