काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण आज पनि देशका विभिन्न स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ ।
दिउँसो पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही तराईका भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै‚ पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्यतया बदली रही तराईका भू–भागमा सामान्यतः सफा रहने भए पनि पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।


