लोकसेवा आयोगका सबै परीक्षा स्थगित (सूचनासहित)

काठमाडौं ।- कोरोना संक्रमण बढेपछि लोक सेवा आयोगले लिखित परीक्षाहरु माघ मसान्तसम्म स्थगित गरेको छ ।

आयोगको आज बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । माघ ११ गतेदेखि उपसचिवको परीक्षा तय भएको थियो ।

संगठित संस्थाका परीक्षाहरु पनि यही बिचमा तय भएका थिए । ती परीक्षाहरु हाललाई स्थगित भएको लोक सेवा आयोगका सूचना अधिकारी देवी प्रसाद सुवेदीले जानकारी दिए ।

देशभर कोरोना संक्रमणको दर बढेपछि र लोक सेवा आयोगका कर्मचारीहरुमै पनि संक्रमण पुष्टि भएपछि आयोग परीक्षा स्थगित गर्नुपर्ने दबावमा थियो ।

यसअघि बुधबार लोकसेवा आयोग बागमती प्रदेशले माघ ८ गतेदेखि संचालन हुने परीक्षा स्थगित गरेको थियो।

यो पनि पढ्नुहोस् – -काठमाडौं। । पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर टेष्ट गर्दा १० हजार ५२ तथा ६ हजार ४९० नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २८६ जना गरी १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्‍यु भएको छ भने ६४९ जना निको भएका छन् ।

काठमाडौं उपत्यकामा ६९८१ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५००१, भक्तपुरमा ८५० र ललितपुरमा ११३० संक्रमित थपिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय