आन्तरिक हवाई उडान प्रभावित

नेपालगञ्ज विमानस्थलमा अवतरण गर्न नसकेर आकाशमा फन्को लगाइरहेको हवाईजहाज । तस्वीर : फ्लाइट राडार

६ माघ, काठमाडौं । मौसममा आएको खराबीका कारण बिहानको समयमा आन्तरिक हवाई उडान प्रभावित भएको छ ।

काठमाडौं, पोखरा, नेपालगञ्ज, सुर्खेत र तुम्लिङटारबाहेक अन्य विमानस्थलहरु कम भिजिविलिटीका कारण बन्द छन् । बुद्ध एयरले विमानस्थलहरु बन्द हुँदा आफ्नो उडान प्रभावित भएको सूचना जारी गरेको छ ।

काठमाडौंबाट नेपालगञ्ज उडेको यती एयरलाइन्सको जहाजलाई पनि केहीबेर दाङको आकाशमा होल्ड गरिएको छ ।

पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम, कर्णालीलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ ।

साथै पश्चिम र पूर्वी तराईमा हुस्सु र कुहिरो लागेकाले पारदर्शिता कम छ ।-अनलाइनखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय