मालिका गाउँपालिका गुल्मीद्वारा घुम्टि हाटबाजार संचालन

सुमन महतारा गुल्मी, मंसिर ७ ।
गुल्मीको मालिका गाउँपालिकाले घुम्टि हाटबजार सन्चालन गर्ने भएको छ । आइतबार एक सूचना जारी गर्दै गाउँपालिका अध्यक्ष रितबहादुर थापाले मंसिर १४ गतेदेखि गाउँपालिकाका विभिन्न स्थानमा घुम्टि हाटबजार संचालन गर्ने उल्लेख गरेका छन् ।

कृषि तथा पशुजन्य उत्पादन वृद्धि गरी उपयुक्त बजार पहुचँ सुनिश्चित गर्ने उदेश्यले घुम्टि हाटबजार सन्चालन गर्न लागिएको अध्यक्ष थापाले बताए । उनले आफुसंग भएका कृषि तथा पशु एवम घरेलु उत्पादनसंग सम्वन्धित विक्रि योग्य वस्तुहरु समेत लिई आफुलाई आवश्यक पर्ने वस्तहुरु किनवेचमा सहभागी हुन सम्वन्धित सवैलाई आग्रह गरेका छन् ।

कृषकहरुले उत्पादन गरेको कृषिजन्य वस्तुलाई उचित रुपमा बजारको पहुँच स्थापना गर्नको लागि गाउँपालिकाले घुम्टि हाटबजार सन्चालन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताए । उनले कृषकको लागि बजारको पहुँच स्थापना गर्न नसकेको खण्डमा व्यवसायी कृषिको अवधारणा नहुने कुरा उल्लेख गरे ।

अध्यक्ष थापाले आईतबार वडा नं २ दर्लिङ्गको दह, सोमबार वडा नं३ ह्वाङ्दीको औरास्ने डाडा, मंगलबार वडा नं ४ अर्खावाङ्गको ठुलिचौर हाटबजार, बुधवार वडा नं ५ हिलेको सागबारी र छापको जमपोखरा, विहिबार वडा नं ७ घमिरको ठाटी, शुक्रवार वडा नं ६ अर्जैको पोखरावारी ९मोठ०, शनिवार वडा नं १ नेटाको जैसिपोखरा र वडा नं ८ मरभुङ्गको सिमलटारीमा हाटबजार संचालन हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय