मुसिकोटमा कोरोना संक्रमण दर तिब्र !

गोविन्द कंडेल, मुसिकोट गुल्मी । ०५ माघ २०७८ , गुल्मीको मुसिकोट नगरपालिकामा आज थप ५ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।

संकास्पद लक्षण देखिएका ६ जनाको आज वामीटक्सार स्वास्थ्य चौकीमा गरिएको एन्टिजेन परिक्षणमा मुसिकोट नगरपालिकाकाका ५ जनामा कोरोना भाईरसको सक्रंमण पुष्टी भएको हो । तेस्रो भेरियन्ट समुदायस्तरमा फैलिएको आशंकामा संकास्पद व्यक्तिहरुको परिक्षण गरिएको हो ।

आज संक्रमित हुनेहरुमा मुसिकोट नगरपालिका वडा नं. ७ का २५ र २१ वर्षिय दुइ पूरूष र ४९ वर्षिय १ महिला, वडा नं. २ का २८ वर्षिय एक पुरुष र वडा नं. ९ का ७८ वर्षिय पुरुष रहेको मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखाले सेरोफेरो नेपाललाइ जानकारि गराएको छ ।

बिरामिहरुमा रुघाखोकी र ज्वरो लगायतका कोभिड -१९ सँग सम्वन्धीत विभिन्न लक्षणहरू देखिय पछि एन्टिजेन परिक्षण गरिएको र अहिले संक्रमितको अबस्था सामान्य रहेकोले होम आइसोलेसनमा पठाइएको वताइएको छ ।

कोरोना भाइरसको तेस्रो भेरियन्ट समुदायस्तरमा फैलिएको आशंकामा आज परिक्षण गरिएको हो । मुसिकोट नगरपालिकाको समुदाय स्तरमा देखिदाँ हाल सम्म मुसिकोट नगरपालिकामा १३ जना नागरिक संक्रमित भइ सकेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय