जनपत्रकार संगठन गुल्मीद्वारा पत्रकार महासंघलाई ज्ञापनपत्र

सन्तोष महतारा-नेपाल जनपत्रकार संगठन गुल्मीले केन्द्रीय समितिकाे देशव्यापी कार्यक्रम अनुसार नेपाल पत्रकार महासंघ गुल्मीलाई ज्ञापनपत्र बुझाएको छ ।

बुधबार जनपत्रकार संगठन गुल्मीका अध्यक्ष डिबी खड्काले पत्रकार महासंघ गुल्मीका अध्यक्ष टाेपलाल अर्याललाई कार्यालयमै पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।

जनपत्रकार संगठन गुल्मीका अध्यक्ष डिबी खड्काले हस्ताक्षर गरेको ज्ञापनपत्रमा श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक, पेशागत तथा भौतिक सुरक्षा र स्थायीत्वलाई सुनिस्चित गर्न पहल गर्नुपर्ने, कोभिड-१९ का कारण रोजगार गुमाएका संचारकर्मीको पुनर्स्थापन गर्नुपर्ने बताएका छन् ।

त्यस्तै राहत र स्वास्थ्य उपचारका लागि पहल गर्नुपर्ने, सदस्यहरुको शुद्धीकरण गरी कृयाशिल पत्रकारहरुलाई निष्पक्ष र सहज ढङ्गले सदस्यता प्राप्त हुने व्यवस्था मिलाउनु पर्ने , अन्यत्र जिल्ला बाट गुल्मीमा सदस्यता सार्न चाहेका पत्रकारहरुको माग सुनुवाइ गर्नु पर्ने, पत्रकारहरु एकजुट र पेसाप्रति इमानदार बन्न महासङले प्रेरणादायी भुमिका खेल्नु पर्ने , पत्रकारको निशुल्क कोभिड १९ को बिमा गरिदिनु पर्ने, समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयन गर्न महासंघले पहल गर्नु पर्ने र पत्रकारिता गरिरहेका पत्रकारहरुको क्षमता अभिबृद्धीका लागि तालिम तथा प्रशिक्षणको व्यवस्था गर्नुपर्ने लगायतका ८ बुदे माग उल्लेख गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष टाेपलाल अर्यालले जनपत्रकार संगठनकाे माग सान्दर्भिक रहेको प्रतिक्रिया दिए ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र प्रदेश समितिसँग सहकार्य गरेर आफूहरूले तत्काल गर्न सकिने र प्रक्रियागत मागहरूलाई प्रक्रियागत रुपमा निरन्तर गर्दै जाने जिल्ला अध्यक्ष अर्यालले बताए । अर्यालले पत्रकारहरुकाे हकहितमा निरन्तर महासंघले काम गर्ने प्रतिबद्धता जनाएका थिए ।

ज्ञापनपत्र बुझाउन जनपत्रकार संगठनका जिल्ला अध्यक्षसहित सदस्यरहरु उपस्थित थिए । खड्का नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति गुल्मीमा सदस्य समेत पनि हुन् ।

ज्ञापनपत्र बुझ्ने उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष टाेपलाल अर्याल, उपाध्यक्ष रेशम कुँवर, सह-सचिव तिलाचन पाण्डे र तेजेन्द्र श्रेष्ठ लगायत पत्रकारहरुकाे सहभागी रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय