काठमाडौं ।- नेपालमा कोरोना संक्रमण हालसम्मकै धेरै पुष्टि भएको छ।
कोरोनाभाइरस महामारी सुरु भएयता बुधबार मुलुकमा अहिलेसम्मकै उच्च ११ हजार ३५२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकको संक्रमण दर ५२.६ प्रतिशत पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको भिडियो लाइभ अपडेटमा यसबारेमा जानकारी दिएको हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टायता १८ हजार ७८ पीसीआर परीक्षण भएको थियो।
जसमा ९५०२ जनामा कोरोना पुष्टि भएको छ। उता ५३३१ एन्टिजेन परीक्षण हुँदा १८५० जनामा कोरोना देखिएको छ।
मन्त्रालयका अनुसार बुधबार जम्मा ११ हजार ३५२ जनामा कोरोना पुष्टि भएको हो।
मन्त्रालयले दिएको विवरण अनुसार २४ घण्टायता ४ जनाले ज्यान गुमाएका छन्। त्यस्तै ६ सय जना मात्रै निको भएका छन्।


