सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा भएको नाराबाजीप्रति युवा नेता कृष्ण भुसालको आपत्ति

अर्घाखाँची

युवा नेता तथा बिश्लेषक कृष्ण भुसालले , नेकपा स्थायी कमिटी सदस्य तथा पुर्ब अर्थमन्त्री सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा भएको नाराबाजी तथा हुलहुज्जतको घोर भर्त्सना गरेका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै अराजक गतिविधि गर्नेहरूलाई हिम्मत भए बैचारिक रूपमा भिड्न चुनौती समेत दिएका छन । भुसालको फेसबुक स्टाटस यस्तो रहेको थियो ।
ू डन, माफिया तस्कर तथा हुल्लडबाजहरु लाई आफ्नै नेता विरुद्ध परिचालन गरेर पार्टी कदापि बलियो बन्दैन । बैचारिक लँडाइको प्रतिबाद बैचारिक तवरलेनै दिन सक्नुपर्छ कम्युनिस्ट नेता कार्यकर्ताले । बिचरा जिवनभर हुल हुज्जत गर्ने प्रशिक्षण लिएकाहरुले सालिन भएर बैचारिक बिमर्श गर्ने कुनै हैसियत नै राख्दैनन हुनत । फाउन्डेसनको नाममा टोल टोलमा गुटबन्दी गर्नेहरू , पार्टीको आधिकारिक कार्यक्रम बिथोल्न लठैतहरु परिचालन गरि आफुलाई जबजको सच्चा अनुयायी भन्दा लाजै लागेर आउँछ । हिम्मत भए बैचारिक रुपले प्रतिबाद गर , दुई चार जना चुल्ठे मुन्द्रेहरु उफार्दैमा केही दाल गल्दैन ।ू

यो समाचार युवा नेता तथा राजनैतिक बिश्लेषक कृष्ण भुसालसंग नबखबरद्धारा लिइएको अन्तवार्ताबाट तयार पारिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय