गुल्मीमा कोरोना सङक्रमण ह्वात्तै बढदै दर

अनिष पन्थी, गुल्मी । गुल्मीमा केही दिन देखि कोरोनाको सङक्रमण दर ह्वात्तै बढन थालेको छ।

स्वास्थ्य कार्यालय गुल्मीको तथ्यांक अनुसार केही दिन पहिला शुन्यमा झरेको कोरोना अहिले बढिरहेको छ।स्वास्थ्य कार्यालय गुल्मीले सार्बजनिक गरेको पछिल्लो २४ घण्टाको विवरण अनुसार गुल्मीमा आज ३५ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ।

१ जनाको पिसिआर र ६२ जनाको एन्टिजेन परिक्षणको क्रममा ३४ जनामा एन्टीजेन र १ जनामा पिसिआर पोजेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।

जिल्लाको रेसुङ्गा नगरपालिकामा ६ जना ,कालीगण्डकी गाउँपालिकामा ११ जना, चन्द्रकोट गाउँपालिका र इस्मा गाउँपालिकामा १/१ जना,सत्यवती गाउँपालिकामा ४ जनामा सङक्रमण पुष्ठि भएको छ।

यस्तै रुरु गाउँपालिकामा ३ जना,छत्रकोट गाउँपालिकामा ८ जना र धुर्कोट गाउँपालिकामा १ जना पिसिआर गरि ३५ जनामा सङक्रमण पुष्ठि भएको छ।

आजसम्म यस जिल्लामा सक्रिय सङक्रमितको सङ्ख्या ६० रहेको छ भने दोस्रो लहरमा फैलिएको कोभिड १९ बाट ९७ जनाको मृत्यु भएको छ।

४५ जनाको जिल्ला भित्र र ५२ जनाको जिल्ला भित्र मृत्यु भएको छ। हालसम्म यस जिल्लामा १ लाख ३५ हजार ६ सय ४६ जनाले पहिलो मात्रा र ६२ हजार ४२१ जनाले दोस्रो मात्राको खोप लगाएका छन ।

जिल्लामा कोरोना नियन्त्रणको लागि स्मार्ट लकडाउन समेत गरिएको छ। माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्दा र सार्वजनिक स्थल (कार्यालय, होटल, रेष्टुरेन्ट र पार्क आदि) मा प्रवेश गर्दा कोभिड विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) अनिवार्य गर्ने ,

जिल्ला स्वास्थ्य कार्यालयले नियमित खोप केन्द्रहरुबाट खोपलाई अभियानकै रुपमा अगाडि बढाउने र स्थानीय तहमा निशुल्क एन्टिजेन परीक्षणको व्यवस्था मिलाउने साथै, लक्षित समुदायमा पर्ने खोप लिन इच्छुक सबैलाई माघ १५ भित्र खोप लगाउने प्रवन्ध गर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीले निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय