५ सय बढी सक्रिय संक्रमित हुने जिल्ला १२ पुग्यो

काठमाडौं । नेपालमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा संक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या पनि बढ्न थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार मंगलबार सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको सूचीमा झापा, काभ्रे र मकवानपुर थपिएका छन् । योसँगै सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या १२ पुगेको छ ।

यसअघि काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मोरङ, कास्की, सुनसरी, रुपन्देही र कैलालीमा सक्रिय संक्रमित ५ सयभन्दा बढी थिए ।

पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो ।

यो पनि पढ्नुहोस् – काठमाडौं । कोरोना परीक्षण शुल्क खारेजीको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ ।

पीसीआर र ऐन्टिजेन परीक्षणको नाममा महामारीमा पनि उपभोक्ता माथि लुट भइहरको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले उजुरी दर्ता गराएका हुन् ।

प्रधानमन्त्रीलाई सम्बोधन गरी बुझाइको उजुरीमा दुवै प्रकारको परीक्षण गर्दा लाग्ने शुल्क नियमन गरी पाउँ भन्ने माग राखिएको छ । ‘पीसीआर र एन्टिजेन परीक्षण गर्दा लिइएको शुल्क अत्यधिक भयो, महामारीमा राज्यले निःशुल्क गर्नु पर्ने परीक्षणमा समेत जनतामाथि ठगी भयो,’ उजुरीमा भनिएको छ ।

नेपालका निजी अस्पतालहरुले ऐन्टिजेन टेष्ट गरे बापत न्यूनतम ५०० लिइ रहेको र पीसीआर टेष्ट बापत निजी अस्पतालमा न्यूनतम २ हजार र सरकारी अस्पतालमा एक हजार लिनु गलत भएको मञ्चले जनाएको छ ।

पीसीआर टेष्टको लागी प्रयोग हुने टेष्ट किटको अधिकतम साइज ९६ प्रयोग गर्दा अधिकतम ६ अमेरिकी डलर मात्र खर्च हुने आधारमा नेपाली रुपैयाँ ८०० भन्दा बढी परीक्षण शुल्क कदापी हुन नसक्ने मञ्चको दाबी छ ।

सरकारी स्वास्थ्य संयन्त्रहरुबाटै बढी मूल्य लिइनु गैरकानूनी भएको भन्दै मञ्चले प्रधानमन्त्रीले सबै प्रकारका परीक्षण निःशुल्क गर्न गराउन तत्काल आदेश जारी गर्नुपर्ने बताएको छ ।- अनलाईखबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय