बोबाङका बाढिपहिरो पीडितलाई गलकोटका कंडेल दम्पतिद्वारा आर्थिक सहयोग ।।

कमल पौडेल

ढोरपाटनको बोबाङमा आएको बाढिपहिरो पीडितहरुलाई सहयोग रकम प्रदान गरिएको छ । स्थायी घर जिल्लाको गलकोट नगरपालिकाको पछुवा भई अहिले रोजगारीको शिलसिलामा अमेरिकाको टेक्सासमा रहनुभएका उषा भुसाल कंडेल र टंक कंडेल दम्पतिल संकलन गरेको नगद रु ८० हजार रुपैयाँ आज पिडितहरुलाई हस्तान्तरण गरिएको हो ।

बुर्तिबाङकी चेली एवंम बुर्तिबाङ निवारी समाजसेवी नन्दराम भुसालकी छोरी र ज्वाईले ढोरपाटनका पिडितहरुको लागि सहयोग संङकलन अभियान थाल्नुभएको थियो । कंडेल दम्पतिको संयोजनमा अमेरिकाको टेक्सासमा संकलन भएको रु ८० हजार रुपैयाँ आज एक कार्यक्रमका बिच पीडतहरुलाई हस्तान्तरण गरिएको समाजसेवी नन्दराम भुसाले जानकारी दिनुभयो ।

संकलित रकम, वडा नं. ९ को कार्यालयमा पुगेर पीडितहरुलाई प्रदान गरिएको छ । २२ मृतकका परिवारलाई प्रति परिवार ३ हजारका दरले रु ६६ हजार प्रदान गरिएको जनाईएको छ । साथै ढोरपाटन नगरपालिका २ अर्नाककी कलि परियारको परिवारलाई रु ९ हजार र ढोरपाटन ३ घोसाकी नन्दकली सुनारको निम्ति रु ३ हजार छुट्टाईएको र भोली शनिबार प्रदान गरिने भुसालले बताउनुभयो ।

कंडेल दम्पतिले अघिल्लो चरणमा सङकलन गरेको रु २ लाख अर्नाकोट युवा क्लब मार्फत गत महिना प्रदान गरिएको थियो । आज वडा नं. ९ को कार्यालयमा पुगेर स्थानीय समाजसेवी जनप्रतिनिधिहरुको रोहवरमा राहत प्रदान गरिएको हो ।

राहत वितरण कार्यक्रमका प्रमुख अतिथि तथा समाजसेवी नन्दराम भुसालले पिडितको पिडामा केहि भए पनि मलम लगाउन राहत लिएर आएको बताउनुभएको थियो । जाडो बढिरहेकाले पिडितहरुलाई थप पिडा थपेको जनाउदैँ स्थानिय सरकारले यथासिग्र ब्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष नन्दे सुनार, वडा नम्बर ९ का वडा सदस्य निम बहादुर बि.क,बुर्तिबाङ राइजिङ युवा क्लबका अध्यक्ष यामु पौवी, नेकपा पाटि प्रतिनिधि डिलेन्द्र पुन,नेपाली कांङ्ग्रेस पाटी प्रतिनिधि गगन पुन,स्थानिय समाजसेबी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय