महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय वामीको ६३ औँ बार्षिकोत्सव समारोह  सुरु

सागर भण्डारी मुसिकोट । महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ७ वामीटक्सार गुल्मीको ६३ औँ बार्षिकोत्सव समारोह सुरु भएको छ ।

कार्यक्रमको मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले उद्घाटन गर्नुभएको हो ।उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि सापकोटाले नगरपालिकाले शिक्षा क्षेत्रमा महत्वपूर्ण कार्यक्रमहरु गरेको बताउनुभयो ।

उहाँले हिँजो कक्षाकोठाको अभाव भोगिरहेका विभिन्न विद्यालयमा सुविधा सम्पन्न भवनहरु निर्माणसगैं पठनपाठनमा समेत सहज भएको धारणा व्यक्त गर्नुभयो ।

पूर्वाधार विकास भन्दा पनि ठुलो शैक्षिक क्षेत्र रहेकाले अबका दिन नगरपालिकाले शिक्षा क्षेत्रमा लगानी क्रमश बढाउँदै लैजाने उहाँको धारणा थियो । महेन्द्र मावि मुसिकोटकै सबैभन्दा उत्कृष्ट र नमुना विद्यालय बनेको भन्दै उहाँले आगामी दिनमा पनि यो गरिमा बचाईराख्न आग्रह गर्नुभयो । सोही अवसरमा प्रमुख अतिथि सापकोटाले नवनिर्मित भवनको समेत उद्घाटन गर्नुभएको छ ।

कार्यक्रममा प्रधानाध्यापक देविराम शर्माले प्रधानाध्यापकको प्रतिवेदन प्रस्तुत गर्दै लामो प्रयास पछि यस क्षेत्रकै शैक्षिक धरोहरको रुपमा स्थापित विद्यालयमा हाल १ हजार भन्दा धेरै विद्यार्थीहरु अध्ययन गर्दै आईरहेको बताउनुभयो । साथै उहाँले प्राविधिक तर्फ सिभिल ईन्जिनियरिङ विषयमा मुसिकोट नगरपालिका लगायत छिमेकी बाग्लुङ जिल्लाका समेत गरी ८७ जना विद्यार्थीले अध्ययन गरिरहेको जानकारी दिनुभयो ।

विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि हाल कक्षा नर्सरी देखि ११ सम्म अगेंजी माध्यम, ३ देखि ११ सम्म नेपाली माध्यम र कक्षा ९ देखि ११ सम्म प्राविधिक कक्षा सञ्चालन भईरहेको जानकारी दिनुभयो ।

बार्षिकोत्सवको पहिलो दिन विद्यालयले मार्चपास, प्रभातफेरी, अन्तरसदनात्मक वक्ृतवकला प्रतियोगीता, छात्रवृति वितरण, अभिभावकको खेल,पुरस्कार वितरण लगायतका कार्यक्रमहरु सम्पन्न गरेको छ ।

उद्घाटन कार्यक्रममा मुसिकोट नगरपालिका उपप्रमुख कमला शर्मा, प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषाल, राष्ट्रपति कार्यालयका स्वकीय सहसचिव हिरामणी आचार्य, शिक्षा विकास तथा समन्वय ईकाइ गुल्मीका प्रमुख लोकनाथ मरासिनी, विद्यालयका संरक्षक एवम् मुसिकोट नगरपालिका वडा नं ७ का वडाध्यक्ष प्रकाश काफ्ले लगायतको विशिष्ट आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा मुसिकोट नगरपालिकाका शिक्षा अधिकृत प्रकाश नेपाली, रुद्रावती बहुमुखी क्याम्पसका अध्यक्ष अग्नीधर लोहोनी, मुसिकोट नगरपालिकाका श्रोत व्यक्ति चुरा बहादुर छन्त्याल,रुद्रावती बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामु तिवारी, पूर्व श्रोत व्यक्ति टकंनाथ भण्डारी, नेपाली काँग्रेस मुसिकोट कार्यसमिति सभापति मोहन घिमिरे, नेपाली काँग्रेस जिल्ला कार्यसमिति गुल्मीका पूर्व सचिव हरिनारायण सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष टेक बहादुर रानाको अध्यक्षता रहेको कार्यक्रममा विद्यालयका सह प्रधानाध्यापक धनपति खरेलको स्वागत एवम् शिक्षक अनन्तलाल भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

बार्षिकोत्सवको दोश्रो दिन भोलि अन्तरसदनात्मक भलिबल प्रतियोगीता, कपर्दी, हाजिरीजवाफ, हाईजम्प लगंजम्प,त्रिपलजम्प,ज्यावलिङ,१५०० मिटर दौड,चकलेट दौड लगायतका कार्यक्रम सम्पन्न हुने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय