नेपाली काँग्रेस वडा नं ७ को बैठक तथा अन्तरक्रिया सम्पन्न : विभिन्न समिति गठन !

सागर भण्डारी,गुल्मी । नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमिति वडा नं ७ को आयोजनामा बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

 गुल्मी काँग्रेसको अठोट : सवल वडा सक्षम टोल अन्तर्गत जिल्ला कार्यसमितिको जिल्ला व्यापी कार्यक्रम अन्तर्गत कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् नेपाली काँग्रेस जिल्ला कार्यसमिति गुल्मीका उपसभापति शिव बहादुर केसीले नेपाली काँग्रस जिल्ला कार्यसमितिको पुस २१ गतेको निणर्य बमोजिम जिल्लाका ९३ वटै वडामा बैठकको आयोजना गरिएको बताउनुभयो । 

पार्टीको नीति नियम, भातृ तथा सुभेच्छुक संस्था र वडा कार्य समितिको काम कर्तव्य र अधिकार बारे जानकारी जिल्लाव्यापी रुपमा यस्तो कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।

फरक प्रसगंमा केसीले कम्युनिष्ट सरकारले आश्वासन मात्रै दिने तर काम नगर्ने परिपाटीले जनताले दुःख पाएको भन्दै अबको स्थानीय सरकारमा काँग्रेसले जित्नु अपरिहार्य बनेको बताउनुभयो ।

त्यस्तै कार्यक्रमका विशेष अतिथि एवम् नेपाली काँग्रेस जिल्ला कार्यसमिति पूर्व सचिव हरिनारायण सापकोटाले पार्टीका सम्पूणर् सदस्यहरुलाई क्रियाशिल भएर सगंठन विस्तार र अभियानमा लाग्न आग्रह गर्नुभयो ।

 सापकोटाले मुसिकोट नगरपालिकाले खानेपानीका नाममा अनियमितता गरेको तथा कृषि लगायतका अन्य अनुदानका कार्यमा कार्यकर्ता पोस्ने काममा तल्लीन बनेको आरोप लगाउनुभयो ।

त्यस्तै नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमिति सभापति मोहन घिमिरेले राज्यले सबै नागरिकलाई बराबर नजरले हेर्नु पर्नेमा विभेदपूणर् व्यवहार गरेको आरोप लगाउनुभयो ।

 गुल्मी जिल्लाका अन्य स्थानीय तहको तुलनामा मुसिकोट नगरपालिकामा प्रशस्त बजेट आउँदा पनि एउटा पनि प्रशसंनीय काम हुन नसकेको भन्दै निर्माणाधीन अधिकाशं संरचना अलपत्र परेको बताउनुभयो । 

एक घर एक धाराको नाममा चर्को शुल्क उठाउने लगायतका अन्य बेतिथि विरुद्ध जनताले प्रश्न गर्ने बेला आएको भन्दै नगरपालिकामा नेपाली काँग्रेसको सरकार नहुँदा जनता अन्यायमा परेको धारणा व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेस नगकार्यसमिति सहसचिव सुस्मा सापकोटा तिवारीले महिलाहरुका कुरा सम्बन्धित ठाउँसम्म पुर्याउनका लागि सगंठनमा जोडिनु आवश्यक रहेको बताउनुभयो । साथै उहाँले महिला दिदीबहिनीहरु सक्रिय रुपमा सगंठनमा लागेमा पार्टी नै बलियो हुने धारणा व्यक्त गर्नुभयो ।

साथै सोही कार्यक्रमको अवसर पारेर नेपाल महिला सघं वडा नं ७ वडा कार्यसमिति, नेपाल तरुण दल वडा कार्यसमिति र टोल नं २ को टोल समिति गठन गरिएको छ । 

नवगठित ५५ सदस्यीय नेपाल महिला सघं वडा कमिटीको सभापतिमा चन्द्रा काफ्ले चयन हुनुभएको छ । त्यस्तै उपसभापतिमा सञ्जना कक्षपति, रञ्जुला बौद्धाचार्य सचिवमा गगां रायमाझी सहसचिवमा रुपा नेपाली, सपना राना र कोषाध्यक्षमा नन्दकला खनाल लगायत अन्य सदस्यहरु रहनुभएको छ ।

त्यस्तै सतिस बौद्धाचार्यको सभापतित्वमा ५२ सदस्यीय नेपाल तरुण दल वडा समितिको गठन गरिएको छ । जसको उपसभापतिमा दिपक खरेल,सन्देश बौद्धाचार्य,सचिव कृष्ण घिमिरे,राम बहादुर राना सहसचिवमा कमल बोहोरा र विष्णु राना तथा कोषाध्यक्षमा सलोन शाक्य लगायत अन्य सदस्यहरु रहनुभएको छ ।

त्यस्तै वडा नं ७ टोल नं १ मा चुरा बहादुर रानाको सभापतित्वमा १७ सदस्यीय टोल कमिटी गठन गरिएको छ । जसको उपसभापतिमा दधिराम घिमिरे, गुञ्ज बहादुर राना सचिवमा खिम बहादुर राना, कासीनाथ अर्याल सहसचिवमा सुर्य बौद्धाचार्य, निरुपा शाक्य, कोषाध्यक्षमा गणेश श्रेष्ठ लगायत अन्य सदस्यहरु रहनुभएको छ ।

कार्यक्रम नेपाली काँग्रेस वडा नं ७ वडा कार्यसमितिका सभापति तेजिन्द्र बहादुर जिसीको सभापतित्व, उपसभापति सालिकराम सापकोटाको स्वागत र सचिव डिलाराम खरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

त्यस्तै सोही कार्यक्रम मुसिकोटका ९ वटै वडा कार्यसमितिमा सम्पन्न भएको मुसिकोट काँग्रेसले जनाएको छ । जसमध्ये वडा नं ५ को कार्यक्रमलाई लुम्बिनी प्रदेश सदस्य कल्पना घिमिरे, वडा नं ६ को कार्यक्रमलाई नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य धिरेन्द्र पताप 

केसी, वडा नं १ को कार्यक्रमलाई महाधिवेशन प्रतिनिधि ज्ञानहरी सापकोटा, वडा नं ७ मा छाया सरकार प्रमुख झविलाल भण्डारी, वडा नं २ को कार्यक्रमलाई लुम्बिनी प्रदेश सदस्य विष्णु सापकोटा,वडा नं ८ को कार्यक्रमलाई जिल्ला सहसचिव धर्मराज पाण्डे, वडा नं ३ को कार्यक्रमलाई जिल्ला सदस्य योगेन्द्र श्रेष्ठ र वडा नं ४ को कार्यक्रमलाई जिल्ला सदस्य विष्णुराज भण्डारी लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय