आर्थिक अभावकै कारण तिन छोरि र श्रीमतीको खुसि हरायो, क्रिया खर्च पनि भएन

सुरज भट्टराई गुल्मी – गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका मजुवामा कोठा भाडामा बस्ने धन बहादुर बि.क मुखको क्यान्सरले धेरै ग्रसित थिए।

घरमा आयस्रोत केहि थिएन। उपचारकै क्रममा भएको सम्पत्ति सकियो। बाँच्ने आशा लिएका धनबहादुरले वरपरबाट ऋण लिएर उपचार गरे तर निको कहिले भएन।

धनबहादुर दाइ सन्चो हुँदा कुटो कोदालो र कर्मी काम गरेर ३ छोरी र श्रीमतीलाइ खुसि राखेका थिए। दैबको खेल उनलाइ अचानक मुखमा घाउ आयो र आधा च्याँपु नै अपरेसन गरेर काटेर फ्याक्नु पर्यो।

सन्चो हुने आशा बोकेका धन बहादुर म मरुँला कहिले सोचेनन। अपरेसन पछि पनि कानको नजिक सानो घाउ भयो त्यो घाउ फेरि ठुलो ठुलो हुदै आधा ठाउको नै सुन्निन लाग्यो र रातभर दिनभर दुखाइमा बाच्न थाले।

दैबलाइ जति नै गरेनी जित्न टार्न सकिदो रहेन छ, उहाँ बिरामी भएको सुनेर महेन्द्र कौशल, दिपक नेपाली, बाबुराम पाण्डे लगायतका पत्रकारले भिडियो बनाएर लाखौ कोसिस गर्दा पनि उहाँको छोराछोरिसङ्ग बस्ने सपना सबै दैबले लुटिदियो।

अहिले धन बहदुर दाइको श्रीमती क्रियामा जुट्नु भएको छ्। तिन बहिनी कमला, कबिता र कान्छि बहिनीको बिजोक भएको छ्। मलामी धेरै थिए म, क्रिया खर्च कसरि उम्काउने हो भन्ने ति नानीहरुलाइ ठुलो पिर छ।

केहि दिन अगाडि अमलाबोट अन्लाइनमा धनबहादुर दाइको कथा समेटिएको भिडियो प्रस्तुत भएको थियो।

सोहि भिडियो हेरेर हाल जापानमा रहनुहुने समाजसेवी बिष्णु सापकोटा र पत्नी कोपिला सापकोटाले करिब १० हजार सहयोग रकम जुटाइदिनु भएको थियो।

सोहि रकम पत्रकार महेन्द्र कौशल र बाबुराम पाण्डेले घरमै लगेर बुझाउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय