जिम्मेवारी एउटा  वडा सभापतिले मात्र नभैइ सबैले बहन गर्नुपर्छ:कांग्रेस महासमिति सदस्य पहराइ

अनिष पन्थी, गुल्मी । नेपाली कांग्रेस गुल्मीका महासमिति सदस्य छन्द पहराइले जिम्मेवारी एउटा वडा सभापतिले मात्र नभैइ सबैले बहन गर्नुपर्ने बताएका छन ।

गुल्मी कांग्रेसको अठोट: सबल वडा, सक्षम टोल” अभियानको आज जिल्लाका ९३ वटै वडाबाट शुभाराम्भ भएको कार्यक्रममा गुल्मीको रेसुङ्गा नगरपालिका वार्ड न १ को भेलालाइ सम्बोधन गर्दै प्रमुख अतिथी एवं नेपाली कांग्रेस महासमिती सदस्य पहराइले यस्तो बताएका हुन ।

हरेक गतिविधिमा वडा सभापतिलाई सबै पदाधिकारीले साथ दिनुपर्ने बताएका छन।कांग्रेस लोकतान्त्रिक पाटी भएकाले सबै बैठकमा उपस्थित हुनुपर्ने र पार्टिको गतिविधिमा सधै अगाडि बढन समेत आग्रह गरेका छन ।

नेपाली कांग्रेसमा बोल्न पाइने बाताबरण भएकाले सबले मनन गरेर नराम्रोलाई नराम्रो र राम्रोलाई राम्रै भन्नुपर्ने बताए ।नेपाली कांग्रेसमा आस्था राख्नेले अनिवार्य कांग्रेसको बिधान पढनुपर्नेमा जोड दिएका छन ।

नेपाली कांग्रेस जिल्ला कार्य समितिको यहि पौष २१ गते बसेको बैठकको निर्णय अनुसार “गुल्मी कांग्रेसको अठोट: सबल वडा, सक्षम टोल” अभियान अन्तर्गत आज जिल्लाका ९३ वटै वडामा प्रतिनिधि खटाएर विभिन्न कार्यक्रम समपन्न भएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय