गुल्मी मुसिकोटको अप्ठ्यारो कच्ची उकालो बाटो ढलानको काम सुरु

केहरसिंह राना मुसिकोट गुल्मी,

गुल्मीको मुसिकोट नगरपालीका वडा नं. ७ पल्टार देखि न्वार सम्मको कच्ची र उकालो बाटोमा ढलानको काम सुरु भएको छ ।

पाल्पा सडक डिभिजन कार्यलय पाल्पाले यहि मंसिर ११ गते लेबल अफ कन्स्ट्र«सन एण्ड सप्लार्यस प्रा.ली.गुल्मीलाई बैशाख मसान्त सम्म ढलानको कार्य सम्पन्न गर्ने गरी ठेक्का दिएको लेबल अफ कन्स्ट्र«सन एण्ड सप्लार्यस प्रा.ली. का व्यबस्थापक अर्जुन सापकोटाले जानकारी दिनुभएको छ ।

उक्त बाटो ढलानको लागी लेबल अफ कन्स्ट्र«सन एण्ड सप्लार्यस प्रा.ली. गुल्मीले १ करोढ ६ लाखमा ठेक्का लिएको हो ।

कम्पनीले बैशाख मसान्त सम्म काम सम्पन्न गर्ने गरी ठेक्का लिए पनी ठेक्क लिएको एक हप्ता भित्रै काम सुरु गरीसकेकोे छ ।

बाटो ढलान काम न्वार देखि पल्टार सम्म ८०० घनमिटर मात्र ढलान हुने भएको छ ।

यस बाटोमा बेलाबेलामा गाडीहरु फस्ने र बिग्रने अनि जाम लाग्ने समस्याले आम नागरिकलाई सास्ती भएको थियो ।

वर्षातको समयमा गाडीहरु ओहोरदोहोर गर्न नसकेर कैयौ पटक यात्रुहरुले सास्ती भोग्नुपरेको थियो ।

निर्माणपश्चात यस सडक भएर आवतजावत गर्ने सबैलाई सहज हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय