नेपाली काँग्रेसको अगुवा कार्यकर्ता भेला तथा सम्मान कार्यक्रम वामीमा सम्पन्न !

गुल्मी । नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमितिको आयोजनामा वामीमा अगुवा कार्यकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

पार्टीको हालै सम्पन्न १४ औँ महाधिवेशनबाट केन्द्र, प्रदेश तथा जिल्ला र स्थानीय तह लगायत विभिन्न तहमा निर्वाचित पदाधिकारीहरुलाई सम्मानसगैं अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेपाली काँग्रेस केन्द्रीय सदस्य चन्द्र बहादुर केसीले नेपालको विकास निर्माणमा नेकपा एमाले बाधक बनेको आरोप लगाउनुभयो ।

कम्युनिष्टहरुको सरकारले अधिनायकवाद र अवसरबादी बनेको भन्दै केसीले जनमत कुल्चिएर संसद नै विघटन गर्नै प्रतिगामी कदम ईतिहासले कहिले नबिर्सने बताउनुभयो । फरक प्रसगंमा केसीले आसन्न निर्वाचनमा नेपाली काँग्रेसले बहुमत सहित जित हासिल गर्ने समेत दाबी गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस गुल्मी जिल्ला सभापति खिलध्वज पन्थीले काँग्रेसलाई सबल, सक्षम र गतिशील पार्टी बनाउन सबै तहका समितिहरू सक्रिय हुनुपर्ने बताउनुभयो ।

सभापति पन्थीले आगामी निर्वाचनमा गुल्मीमा काँग्रेस पार्टीलाई जिताएर पहिलो पार्टी बनाउनु सबैको मुख्य ध्येय रहेको बताउनुभयो । सभापति पन्थीले तम्घास सिमलटारी सडक खण्डमा एउटा पनि पुल नभएर नागरिकले अकालमा ज्यान गुमाउनु परेको अवस्थालाई दृष्टिगत गरेर आफुले उक्त क्षेत्रका खोलामा आवश्यक सम्पूूणर् ठाउँमा पुलहरु निर्माणका लागि पहल गरेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णुकुमारी सापकोटा, कल्पना घिमिरे, मोति भण्डारी, माधव खरेल, नेपाली काँग्रेस गुल्मी क्षेत्र नं २ सभापति चन्द्र बहादुर महत, जिल्ला उपसभापति अनन्तलाल पौड्याल, शिव बहादुर केसी, सचिव भगत् खड्का, महासमिति सदस्य छन्द बहादुर पहराई, नेपाली काँग्रेस पूर्व जिल्ला सचिव हरि नारायण सापकोटा, छाँया सरकार प्रमुख झविलाल भण्डारी, महिला सघं गुल्मी सभापति लक्ष्मी पन्थ पाण्डे, नेपाल विद्यार्थी सघं जिल्ला सहसचिव रोशन सिहं ठकुरी लगायतले बोल्दै सबै एकताबद्ध भएर अगाडि बढ्न सबैलाई आग्रह गरेका थिए ।

आमजनताका माझ सबै मिलेर पुग्नुपर्ने बेला आएको भन्दै सबै तहका नेता कार्यकर्ता एक भएर जनताको बीचमा जानुपर्ने उनीहरुको भनाई छ । कार्यक्रममा बोल्ने वक्ताले अबको एउटै उद्देश्य सबैलाई एक बनाएर काँग्रेसलाई जिताउनु रहेको बताएका छन् ।

कार्यक्रममा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि ज्ञानहरी सापकोटा, क्षेत्र नं २ क्षेत्रीय सचिव अनिल बस्नेत, प्रदेश सदस्य राजेन्द्र कुमारी श्रेष्ठ, नेपाली काँग्रेस जिल्ला कार्यसमिति सचिव धर्मराज पाण्डे, सदस्य निर्मला केसी, विष्णुराज भण्डारी, योगेन्द्र कुमार श्रेष्ठ, हरिकुमार श्रेष्ठ, धिरेन्द्र प्रताप केसी, मुसिकोट नगरकार्यसमिति उपसभापति सन्तोष शाक्य, टिकाराम सापकोटा लगायत नेपाली काँग्रेस नगरका विभिन्न तहमा रहेका पदाधिकारी, भातृ तथा सुभेच्छुक सघंसंस्थाका प्रतिनिधि र काँग्रेसजनहरुको उपस्थिति रहेको थियो ।

नेपाली काँग्रेस मुसिकोट नगरसभापति मोहन घिमिरेको सभापतित्व रहेको कार्यक्रममा नगर सचिव भिमसेन केसीको स्वागत र सञ्चालन सचिव मधुसुदन रायमाझीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय