बडिगाड २ मा सहकारीद्धारा सुपथ मुल्यमा रसायनिक मलको विक्रि

कमल पौडेल, बागलुङ । जिल्लाको बडिगाड गाउँपालिका वडा नं। २ खर्वाङमा रहेको मिलन व्यवसायीक कृषि सहकारीले दैनिकि सेवासहित कृषकहरुको लागि रसायनिक मल वितरण सुरु गरेको छ ।

यस अघि मासिक कारोवार गर्दै आएको सहकारीले मंसिर ५ गते देखि दैनिक सेवा सुरु गरेको सहकारीका अध्यक्ष दिन बहादुर केसिले जानकारी दिए । सहकारीले नयाँ कार्यालयको व्यवस्थापन समेत गरि सेवा विस्तार गरेको हो ।

हालको लागि नियमित कारोवार सहित कृषकहरुको लागि युरिया, डिएपि, पोटास, बोरानलगायतको रासायनिक मल सुपथ मुल्यमा वितरण सुरु गरिएको अध्यक्ष केसिले बताए । व्यवसायीक रुपमा कृषि गर्ने कृषकहरुको लागि सहजीकरण सहित लगानी गरिरहेको सहकारीले वचत तथा ऋणको कारोवार समेत गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय