गुल्मीमा नेपाली काङ्ग्रेसकाे क्षेत्रीय पार्टी कार्यालय स्थापना हुने

सन्तोष महतारा
गुल्मी, २३ पुष / गुल्मीमा नेपाली काङ्ग्रेसकाे क्षेत्रीय पार्टी कार्यालय स्थापना हुने भएको छ । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ को नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमितिकाे पहिलो बैठकले इस्मा गाउँपालिका वडा नम्बर १ को झर्ना घर्ती फाँटमा नेपाली काङ्ग्रेसका क्रियाशील सदस्य गाेपाल खनालको घरमा पार्टी कार्यालय स्थापना गर्ने क्षेत्रीय सभापति चन्द्र बहादुर महतले जानकारी दिए ।

संघीयता पछिको संरचना अनुसार पहिलो पटक बनेको क्षेत्रीय समितिकाे पहिलो बैठक विपि स्मृति भवन तम्घास गुल्मीमा बस्दै पार्टी कार्यालय स्थापना लगायतका महत्वपूर्ण निर्णय गरेको हो । बैठकले निर्वाचित क्षेत्रीय सदस्य चुरामणी भण्डारीलाई काेषाध्यक्षकाे जिम्मेवारी प्रदान गरिएको छ। त्यस्तै निर्वाचित क्षेत्रीय सदस्य बाबुराम मरासिनीलाई क्षेत्रीय प्रवक्ताकाे जिम्मेवारी दिइएको छ ।

नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति चन्द्र बहादुर महतकाे अध्यक्षतामा बसेकाे बैठकले पार्टी कार्यालय स्थापनापछि व्यवस्थापन गर्नका लागि आर्थिक समिति र सामाग्री व्यवस्थापन समिति गठन गरेको क्षेत्रीय सचिव लालमणी भण्डारीले जानकारी दिए ।

क्षेत्रीय उपसभापति तथा प्रदेश सभा ‘क’ सभापति झविन्द्र अर्यालकाे संयाेजकत्वमा आर्थिक समिति गठन गरिएको छ । जसको सदस्यहरुमा अनिल बस्नेत, अर्जुन गिरी, सरिता पन्थी र काेषाध्यक्ष चुरामणी भण्डारी रहेका छन् ।

त्यस्तै सामाग्री व्यवस्थापनकाे लागि क्षेत्रीय उपसभापति तथा प्रदेश सभा ‘ख’ का सभापति रेखा कुमार जिसीकाे संयाेजकत्वमा समिति गठन गरिएको छ । जसको सदस्यहरुमा लालमणी भण्डारी, कृष्ण प्रसाद पाण्डे, चन्द्रकला अर्याल र काेषाध्यक्ष चुरामणी भण्डारी रहेका छन् ।

क्षेत्रीय समितिकाे पहिलो बैठकले क्षेत्र नम्बर २ मा नेपाली काङ्ग्रेसलाई सक्षम र सबल बनाउन महत्वपूर्ण छलफल समेत गरेको छ । बैठकमा नेपाली काङ्ग्रेस गुल्मी क्षेत्र नम्बर २ का सभापति चन्द्र बहादुर महत, उपसभापति तथा प्रदेश सभा ‘क’ का सभापति झविन्द्र अर्याल, उपसभापति तथा प्रदेश ‘ख’ का सभापति रेखा कुमार जिसी, सचिव लालमणी भण्डारी र अनिल बस्नेत, सह-सचिव कृष्ण पाण्डे र अर्जुन गिरी लगायत अन्य सदस्यहरुकाे उपस्थिति रहेकाे थियो । क्षेत्रीय सभापति महतकाे सभापतित्वमा संचालित बैठकको सहजीकरण सचिव लालमणी भण्डारी र अनिल बस्नेतले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय