नेपालमा पनि दैनिक कोरोना संक्रमण दर बढ्दै,के फेरि लकडाउन होला त ?

काठमाडौं – पछिल्लो एक सातामा देशभर १ हजार ९ सय ८७ जना कोरोना संक्रमित थपिएका छन् । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि पछिल्लो एक सातादेखि संक्रमित हुने दर बढेको पाइएको छ ।

बुधबार ४ सय ३५ जना संक्रमित भएका थिए भने बिहीबार एकै दिन सो संख्या बढेर ५ सय ४० पुग्यो । संक्रमणको यो दर बढ्ने क्रम जारी छ । १२ हजार ९९ जनामा परीक्षण गर्दा ५ सय ४० जनामा संक्रमण देखिएको छ । ७ हजारको पीसीआर परीक्षणमा ४ सय ७८ जनामा कोभिड– १९ पोजिटिभ देखिएको हो ।

बिहीबार संक्रमित भएकामध्ये सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहका १ सय ३२ जना छन् । त्यस्तै, ३१ देखि ४० वर्ष उमेर समूहका १ सय ७ जना संक्रमित भएका छन् । कोरोना भाइरसको औसत ‘आर– भ्यालु’ १.०४ पुगेको छ ।

आर–भ्यालु एकभन्दा बढी भए संक्रमण उकालो लागिरहेको बुझिन्छ । आर–भ्यालुले कोभिड संक्रमित एक जनाले कति जनालाई भाइरस सारिरहेको छ भन्ने देखाउँछ । आर–भ्यालुसँगै संक्रमितको संख्या पनि उकालो लाग्नुलाई कोभिड– १९ को नयाँ भेरिएन्ट ओमिक्रोनसँग पनि जोडेर हेरिएको छ ।

छिमेकी देश भारत, अमेरिका, युरोपलगायतका देशमा ओमिक्रोन संक्रमण बढेसँगै संक्रमण दर ह्वात्तै बढेको छ । भारतको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयका अनुसार बिहीबार ९० हजार ९ सय २८ नयाँ कोरोना संक्रमित पहिचान भएका छन् । यसअघि भारतमा तीन दिनअघि मात्रै ३७ हजार बढी संक्रमित भएका थिए । राजधानी दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय