एक घर एक धारा कार्यक्रम वामीटक्सारमा पूर्ण असफल भएको काग्रेसको  आरोप

सागर भण्डारी मुसिकोट । नेपाली काँग्रेसले मुसिकोट नगरपालिकाले सञ्चालन गरेको एक घर एक धारा कार्यक्रम पूर्ण रुपमा असफल सिद्ध भएको आरोप लगाएको छ ।

काँग्रेस वडा नं ७ वडा कार्यसमितिले बुधबार एक विज्ञप्ति जारी गर्दै नगरपालिकाको केन्द्र वामीटक्सार बजारकै जनता शुद्ध खानेपानीको पहुँचबाट बञ्चित भएको भन्दै एमाले नेतृत्वको सरकारले ठुलो हल्ला फैलाएर सुरु गरेको कार्यक्रम असफल भएको आरोप लगाएको छ ।

साथै विज्ञप्तिमा एक घर एक धाराको नाममा वामीटक्सार बजार बासीको दैनिक जीपन यापनमा नै प्रभावित पार्ने गरी लेदो सहितको पानी ल्याईएको भन्दै यो कार्यक्रमका नाममा चर्को शुल्क उठाउने र त्यसको हिसाब किताब समेत सार्वजनिक नगर्दा आर्थिक अनियमितता र भ्रष्टचारमा रुमल्लिएको समेत काँग्रेसको आरोप छ ।

नेपाली काँग्रेस मुसिकोट नगरपालिका वडा नं ७ सभापति तेजिन्द्र जिसीद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, पछिल्लो समय वामीटक्सारका जनताले लामोसमयदेखि प्रयोग गर्दै आईरहेको दुन्दुरे खोला र करङ खोलाको पानी समेत एक घर एक धारामा समावेश गर्ने तैयारी नगरपालिकाले गरेको भन्दै यसो गरी वामीटक्सार बजार बासी थप पानीको अभावमा बाँच्नुपर्ने अवस्था श्रृजना हुने छ ।

नेपाली काँग्रेसले पटक पटक यी विषयलाई गम्भिर रुपले उठाउँदा पनि नगरपालिकाले वेवास्ता गरेको भन्दै उसले सबैलाई शशक्त रुपले प्रतिवाद गर्न र विरोधका कार्यक्रम गर्न पनि आग्रह गरेको छ । साथै काँग्रेसले नागरिकको जीवन र स्वास्थ्य सगं प्रत्यक्ष रुपमा जोडिएको खानेपानी जस्तो विषयमा लापरबाही नगरी न्यायोचित ढगंले यथाशक्य बजारमा खानेपानी वितरणको व्यवस्था मिलाउन नगरपालिकालाई आग्रह समेत गरेको छ ।

यदि समस्या समाधान तर्फ नगरपालिका गम्भिर भएर नलागे काँग्रेस शसक्त रुपमा विरोधका कार्यक्रम गर्ने र त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार मुसिकोट नगरपालिका हुने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय