जिप दुर्घटना हुँदा ६ जना घाइते

दाङ । दाङमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट लमहीतर्फ आउँदै गरेको स्कार्पियो बुधबार राति २ बजे अनियन्त्रित भइ लमही- ३ स्थित बगाइ खोलाको पुलमा ठोक्किंदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइते हुनेमा लमही नगरपालिका-२ बरुवा गाउँका २८ वर्षीय प्रदीप चौधरी, वडानम्बर ५ को कोलही बस्ने २५ वर्षीय विनोद चौधरी, रातो डाँडा निवासी १८ वर्षीया आकृति पाण्डे, सोही ठाउँ बस्ने वर्ष २० कि सिर्जना सुनार, लमही बजार निवासी ३७ वर्षीय भानुप्रसाद गुप्ता, वडानम्बर ६ देउपुर बस्ने वर्ष १८ कि बिनिता लुहार रहेका छन् ।

दुर्घटनामा चालक विनोद चौधरी, प्रदीप चौधरी, भानुप्रसाद गुप्ता, सिर्जना सुनारको टाउकोमा चोट लागेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । बाँकी घाइतेको मुख र हातमा चोट लागेको छ । घाइतेहरूको नेपालगञ्ज र बुटवलमा उपचार भैरहेको प्रहरीले बताएको छ ।

यो पनि पढ्कानुहोस्ठ- माडौँ – देशभर पश्चिमी वायुको प्रभावले आंशिक बदली भएको छ ।मौसम पूर्वानुमान महाशाखाकाअनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका केही स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार भोलि भने प्रदेश १ र २ का एक-दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय