कस्तो रहला आज दिन भरको मौसम, कहाँ हुँदैछ वर्षा र हिमपात ?

काठमाडौँ – देशभर पश्चिमी वायुको प्रभावले आंशिक बदली भएको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ ।

file photo

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका केही स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार भोलि भने प्रदेश १ र २ का एक-दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय