NTC ल्यायो गजबको अफर,यसरी लिन सकिन्छ सेवा

काठमाडौं – नेपालको अग्रणी सस्ता नेपाल टेलिकमले आफ्नो सेवा देश भरिनै सञ्चालन गरिरहेको छ ।

अन्य कम्पनीहरूको चुनौती समेत खेपिरहेकी यो कम्पनीले बेला बेला ग्राहकहरुको लागि अफर समेत सार्वजनिक गर्ने गरेको छ । यसै बीच नेपाल टेलिकमले सजिलो अनलिमिटेड प्याक सार्वजनिक गरेको छ ।कम्पनीले एसएमएस र कल समेत रहेको डेटा प्याक ल्याएको हो ।

यो प्याकेज अन्तर्गत टेलिकमका मोबाइल प्रयोगकर्ताले ९९९ रुपैयाँमा ३० दिनसम्म दैनिक दुई जीबी डेटा र टेलिकम नेटवर्क भित्र (नेपाल टेलिकमका कुनै पनि जीएसएम, ल्यान्डलाइन र सीडीएमए नम्बर) अनलिमिटेड कल गर्न सकिनेछ ।

त्यस्तै कम्पनीको नेटवर्कभित्र ४०० एसएमएस समेत पठाउन सकिनेछ ।अन्य नेटवर्कमा १०० मिनेट कल र २०० एसएमएस पठाउन सकिने कम्पनीले जनाएको छ । *1415*2*2*4# डायल गरेर तथा नेपाल टेलिकमको एप प्रयोग गरेर यो प्याकेज खरिद गर्न सकिनेछ ।

यो पनि पढ्नुहोस् – काठमाडौं – कोरोना संक्रमण भएको २ वर्षको अवधिमा अहीले सम्मकै धेरै १० लाख ८० हजार संक्रमित थपिएका छन् । यो आंकडा अमेरिकाको हो ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमवार मात्रै १० लाख ८० हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमा अधिकांश नयाँ बिरामीमा ओमिक्रोन भेरियन्ट फेला परेको बताइएको छ ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलने क्रम जारी रहँदा आगामी दिनहरूमा अझ तीव्र रूपमा संख्या बढ्दै जाने बताइएको छ ।तर, नयाँ संक्रमित बढिरहेको भए पनि मृत्यु र अस्पताल भर्ना हुनेको दर भने पछिल्ला हप्ताहरूको तुलनामा एकदमै कम रहेको पाइएको छ ।

यद्यपि, अस्पताल भर्ना हुने क्रम विस्तारै तर निरन्तर बढिरहेको जनाइएको छ । यता, यसरी संक्रमण बढिरहँदा पनि स्कुलहरू खुलाएकोमा यति बेला राष्ट्रपति जो बाइडेन सबैतिरबाट आलोचित भइरहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय