काठमाडौं – कोरोना संक्रमण भएको २ वर्षको अवधिमा अहीले सम्मकै धेरै १० लाख ८० हजार संक्रमित थपिएका छन् ।
यो आंकडा अमेरिकाको हो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमवार मात्रै १० लाख ८० हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसमा अधिकांश नयाँ बिरामीमा ओमिक्रोन भेरियन्ट फेला परेको बताइएको छ ।कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलने क्रम जारी रहँदा आगामी दिनहरूमा अझ तीव्र रूपमा संख्या बढ्दै जाने बताइएको छ ।तर, नयाँ संक्रमित बढिरहेको भए पनि मृत्यु र अस्पताल भर्ना हुनेको दर भने पछिल्ला हप्ताहरूको तुलनामा एकदमै कम रहेको पाइएको छ ।
यद्यपि, अस्पताल भर्ना हुने क्रम विस्तारै तर निरन्तर बढिरहेको जनाइएको छ । यता, यसरी संक्रमण बढिरहँदा पनि स्कुलहरू खुलाएकोमा यति बेला राष्ट्रपति जो बाइडेन सबैतिरबाट आलोचित भइरहेका छन् ।