नेपालमा कोभिड संक्रमणदर बढ्दै,यस्तो छ पछिल्लो २४ घण्टाको कोरोना अपडेट

काठमाडौँ । नेपालमा पछिल्लो केहीदिनयता कोभिड संक्रमण बढ्दै गएको देखिएको छ ।

बुधबार थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हिजो ३९३ जनामा कोरोना संक्रमण भएको थियो भने तीन जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो ।यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म देशभर कोरोनाबाट ११ हजार ६०१ जनाको मृत्यु भएको छ।

बुधबार २३९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५ हजार २२५ सक्रिय संक्रमित रहेका छन्।गत २४ घन्टामा ६ हजार ७१५ पीसीआर तथा ३ हजार ५५२ एन्टिजेन परीक्षण भएको छ।

यो पनि पढ्नुहोस्- नयाँ दिल्ली । कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि भारतको राजधानी नयाँ दिल्लीमा साताको अन्त्यमा निषेधाज्ञा लगाउने निर्णय भएको मंगलबार बसेको दिल्ली सरकारको मन्त्रिपरिषद् बैठकपछि अधिकारीले बताएका छन् ।

उपमुख्यमन्त्री मनिष सिसोदियाले संघीय राजधानीसमेत रहेको नयाँ दिल्ली र घना क्षेत्र रहेका आसपासका ठाउँसमेतलाई मध्यनजर गरी यो निर्णय गरिएको पुष्टि गरे । साताका अन्य दिनमा भने दिल्लीका बस तथा मेट्रो रेल साबिक झैँ सञ्चालन हुनेछन् । उनले हप्तान्तको निषेधाज्ञालाई लकडाउनका रूपमा भने नबुझ्न आग्रह गरे ।

कोभिड सङ्क्रमणको जोखिम कायमै रहेकाले सार्वजनिक यातायातमा यात्रा गर्दा मास्कविना यात्रा गर्न नपाइने नियमलाई कडाइका साथ लागू गरिने उनले बताए । त्यसैगरी सरकारले निजी कार्यलयहरूलाई पनि ५० प्रतिशत कर्मचारीको सहयोगमा नियमित कामकाज गर्ने व्यवस्था गर्न भनेको छ ।

सरकारले बाँकी ५० प्रतिशतलाई छुट्टी दिन वा घरबाटै काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । गत हप्ता ५० मेट्रोरेल र बसमा ५० प्रतिशत मात्र यात्रु बोक्न छुट दिएको सरकारले भीड बढेपछि रेल र बसलाइ पूर्ण क्षमतामा चलाउन छुट दिएको छ ।

दिल्लीमा सोमबार ४ हजार ९९ जना नयाँ सङ्क्रमित भेटिएका थिए भने मङ्गलबार पाँच हजार ४८१ जनालाई कोभिड सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दिल्लीमा कोभिडका कारण तीन जनाको मृत्यु भएको छ ।

मङ्गलबारसम्म भारतमा एक हजार ८९२ जनामा कोरोनाको ओमिक्रोन भेरिएन्ट देखिएको छ । महाराष्ट्रमा ओमिक्रोनको सबैभन्दा धेरै सङ्क्रमण देखिएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय