महेन्द्र आदर्श नमुना मा.बिमा ने.बि.सं. ईकाई कार्यसमिति गठन, सभापतिमा सागर के.सि निर्बाचित

भुवन काफ्ले मुसिकोट । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ वामीमा रहेको श्री महेन्द्र आदर्श नमुना माध्यमिक बिद्यालयमा नेपाल बिद्यार्थी संघको ईकाई कार्यसमिति गठन भएको छ ।

बुधबार नेपाल बिद्यार्थी संघ मुसिकोट नगर कार्यसमितिकि सचिब जमुना कार्किको अध्यक्षतामा सम्पन्न एक औपचारिक कार्यक्रमले श्री महेन्द्र आदर्श नमुना माध्यमिक बिद्यालयमा बिद्यार्थी नेता सागर के.सिको संयोजकत्वमा ५० सद्सिय नयाँ ईकाई कार्यसमिति गठन गरेको हो ।

जसको उप-सभापतिमा स्मृति कार्कि र आसिष खत्री, सचिबमा बिबिशा भण्डारि र किशोर खराल, सह- सचहिबमा प्रकास आचार्य र प्रकृति भण्डारि, कोषाध्यक्षमा रजित रायमाझी निर्बाचित भएका छन्  ।

उक्त कार्यक्रमामा बोल्दै प्रमुख अतिथि नेपाली काँग्रेस गुल्मीका पुर्ब जिल्ला कार्यसमिति सचिब हरिनारायण सापकोटले बिद्यार्थी जिवनमा राजनितिले पार्ने प्रभाव र यसको महत्वका बारेमा बिद्यार्थीहरुलाई प्रकास पार्नु भएको थियो ।

त्यसै गरि नेपाली काँग्रेस मुसिकोट ७ का सचिब बिबेक काफ्लेले नेपाल बिद्यार्थी संघका मुख्य नारा (राष्ट्रियता, लोकतन्त्र, समाजबाद र बिद्यार्थी एकता) का बारेमा बिद्यार्थीहरु माझ स्पस्ट पारेका थिए ।

त्यसै गरि नेपाल बिद्यार्थी संघ रुद्राबति  बहुमुखी क्याम्पस ईकाई सभापति भुवन काफ्लेले संघको ईतिहास, ने.बि.संघले मुसिकोटमा अहिले सम्म गरेका काम र झण्डाको बिषयमा बोलेका थिए ।

बिद्यार्थी नेता एबम ने.का मुसिकोट नगर सदस्य सोलन शाक्य, नेपाली काँग्रेस मुसिकोट ७ का वडा सदस्य तथा ने.बि.संघ नेता सतिस बौद्दचार्य लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमाको सञ्चालन ने.बि.संघ मुसिकोट नगर सह-सचिब सुरज कार्किले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय