दमौली (तनहुँ) । तनहुँमा छुट्टाछुट्टै स्थानमा मङ्गलबार नवजात शिशुसहित दुई जना मृत फेला परेका छन् ।
व्यास नगरपालिका–९ कवादीखोला नजिकै शिशु मृत फेला परेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए । स्थानीयवासीको रोहवरमा मुचुल्का गरी शिशुको शव दमौली ल्याइएको उनले बताए । शिशु कसले फालेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यसैगरी आँबुखैरेनी गाउँपालिका–३ शिवालय मन्दिर नजिक एक पुरुषको शव फेला परेको छ । मन्दिर नजिकैको धर्मशालाको पेटीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । उनको परिचय खुल्न सकेको छैन ।
यो पनि पढ्नुहोस् – बडिगाड : बडिगाडको एक घरगोठमा गएराति आगलागी भएको छ ।बडिगाड गाउँपालिका वडा नं १० दर्लिङ खोर निवासी बेल बहादुर बुढाको घरमा सोमबार मध्यरातमा आगलागी हुँदा घरमा रहेका सम्पूणर् सामानहरु जलेर नष्ट भएका छन् ।
आगलागीबाट मानवीय क्षति नभएपनि बुढाको घर रहेका सम्पूणर् सामान ,अन्न बाली तथा नगद जलेर नष्ट भएको त्यहाँबाट हेम घर्तीले जानकारी दिनुभएको छ । आगलागी के कसरी हुन पुग्यो भन्ने बारे भने खुलेको छैन् ।
आगलागीले घरमा रहेका सम्पूणर् सामानसगैं नगद समेत जलेर नष्ट भएपछि यतिबेला बुढाको परिवारले सहयोगको याचना गरेका छन् । मध्यमवर्गीय परिवारले दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्दै आएकोमा आगलागीबाट सम्पूणर् सामान नष्ट भएपछि यतिबेला विचल्लीमा परेको घर्तीले बताउनुभयो । आर्थिक भौतिक र अन्य सहयोगका लागि उहाँले सबैसगं अपिल गर्नुभयो ।