नेपाली कांग्रेसद्वारा मुसिकोट ९ डासिकोटमा टोल कार्यसमिति गठन

नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमितिले टोल कार्यसमिति गठन तथा विस्तार अभियानलाई तीब्रता दिएको छ ।

नगरपालिका अन्तर्गत रहेका ९ वटै वडाका टोलहरुमा काँग्रेसले टोल समिति विस्तार र गठन गरिरहेको छ ।

यसै सन्दर्भमा मंगलबार मुसिकोट नगरपालिका वडा नं ९ मा टोल कार्यसमिति गठन गरिएको छ । ढाल बहादुर पौडेलको सभापतित्वमा २१ सदस्यीय टोल समिति गठन गरिएको हो ।

जसको उपसभापतिमा बाबुराम खराल, सचिवमा विकास कडेंल, सहसचिवमा हर्क बहादुर विक र कोषाध्यक्षमा लक्ष्मी खरेल लगायत अन्य सदस्यहरु रहनुभएको छ ।

टोल कार्यसमिति गठन कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णु कुमारी सापकोटा, नेपाली काँग्रेस पूर्व जिल्ला सचिव हरिनारायण सापकोटा, नेपाली काँग्रेस मुसिकोट नगर कार्यसमिति सभापति मोहन घिमिरे, उपसभापति सन्तोष शाक्य,नगर सह-सचिव सुस्मा सापकोटा तिवारी लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी बाकी टोलहरुमा पनि गठन कार्य जारी रहेको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय