आर्थिक अवस्था कमजोर कुँवरलाई कॉग्रेसद्वारा आर्थिक र खाद्यान्न सहयोग

सुमन महतारा गुल्मी, ।

गुल्मीको इस्मा गाउँपालिका वडा न ५ निवासी ६५ वर्षीय रूद्र बहादुर कुँवरलाई नेपाली कॉग्रेस इस्मा गा पा (५ को टिमले आर्थिक तथा खाद्यान्न सहयोग गरेको छ । विगत दुई महिनादेखि स्वास्थ्य समस्या भोगिरहेका कुँवरको आर्थिक अवस्था पनि निकै कमजोर भएको कारणले उपचारविहिन भएर घरमै बस्न बाध्य हुनु परेको जानकारी आएपछि नेपाली कॉग्रेस इस्मा गाउँपालिका वडा नम्बर ५ ले उनको स्वास्थ्य र आर्थिक अवस्थाको बारेमा बुझ्न जाँदा निजको आर्थिक अवस्था निकै कमजोर भएको तथा स्थानीय तह तथा अन्य कुनै स्थानबाट पनि कुनै सहयोग न आएको गुनासो कुँवरको परिवारबाट आए पछि उनलाई २५ हजार एक सय ९० रुपैया र खाद्यान्न सहयोग गरिएको ने।का इस्मा गाउँपालिका वडा नं ५ इकाईले जनाएको हो ।

कुँवरको उपचारार्थ नेपाली कांग्रेस, इस्मा गा पा(५ को टिमले सहयोग संकलन गरेको थियो । संकलित रकम शिघ्र स्वास्थ्यलाभको कामनासहित कुँवरलाई मंगलबार उनको घर मै गएर हस्तान्तरण गरिएको हो ।सहयोग हस्तान्तरणका लागि नेपाल तरूण दल, क्षेत्र न २ का सभापति झबिन्द्र अर्याल, नेपाली कांग्रेस, इस्मा गा।पा। सभापति विष्णु घिमिरे, सल्लाहकार समिति संयोजक रामलाल अर्याल, ने।का।जागरण दल, इस्मा गा।पा।का सचिव ईश्वरी घिमिरे, नेपाली कांग्रेस, इस्मा गा पा, सल्लाहकार समितिका संयोजक रामलाल अर्याल, पेशागत तथा बुद्धिजीवी समिति सदस्य सुरेश प्र। अर्यालसहित नेपाली कांग्रेसका सक्रिय कार्यकर्ताहरू कुँवरको घरमा गएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय