बडीगाड नदी किनारमा एक व्यक्ति मृत भेटिए

जिएम शर्मा, वामीटक्सार । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ वामी अन्तर्गत पर्ने बडीगाड नदी किनारमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

आइतबार साँझको साढे ५ बजे वामी र भुवाचिदीको बिच भेडुवा भन्ने स्थानमा मुनपा १ पौदी अमराइ बस्ने अन्दाजी २५ वर्षिय बिष्णु मगको शव फेला परेको प्रहरीले जनाएको छ ।

उनी आइतवार दिउँसो घरबाट साथी राजेश सुनार सङ्ग उनको मोटरसाइकलमा मुनपा ४ तर्फ ससुराली जाने भनेर हिडेको तर राजेशलाइ बिच बाटो बाटै फर्काएका उनी मृत भेटिएका हुन् । उनको टाउकोमा दुई ठाउँ चोट भेटिएको र छातिमा पनि सामान्य चोट देखिएको वामी प्रहरी चौकिका सई जनक थापाले बताए ।

मृतकका श्रीमति र दुई छोरी रहेका छन् । मृतक बिष्णुले मादक पदार्थ सेवन गरेको र झेदी पारीबाट बडिगाड खोलामा खसेको भन्ने खबरहरु प्राप्त भएका छन् । यद्यपि प्रहरीले यसलाई पुष्टि गर्न भने बाँकी रहेको छ । शव पोस्टमार्टमका लागि सदरमुकाम तम्घास लगिएको छ ।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय