पाल्पामा  मलामी बस दुर्घटना :  ७ जनाको मृत्यु

टोपराज शर्मा , बुटवल। बुटवलबाट मलामी बोकेर रिडि जांदै गरेको बस पाल्पाको लगुवामा दुर्घटना हुँदा मृत्यु भएका ७ जनामध्ये तीनजनाको सनाखत भएको छ ।

बुटवल ११ बुद्धनगरका बीरबहादुर विकको शवको अन्त्येष्टिका लागि ३६ जना मलामी बोकेको लु २ ख ७२७९ नम्बरको बस तानसेन–रिडी सडक खण्डअन्तर्गत पाल्पाको रिब्दिकोट-२ लगुवामा आइतबार बिहान ११ बजेतिर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मृत्यु भएकामध्ये बुटवल बुद्धनगरका लालबहादुर विक, पशुपति रसाइली र विजय थापा क्षेत्रीको खनाखत भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका डीएसपी मोहन खाँणले जानकारी दिए ।

मलामी गएका उमेश कुंवरका अनुसार मृतक लालबहादुर बीरबहादुरका छोरा हुन् । प्रहरीले भने यसबारे अझै पुष्टि हुन बाँकी रहेको बताएको छ । मृतक विक परिवार अर्घाखांचीको मरेङबाट बुटवलमा बसाई सरेका कुंवरले बताए ।

सडकबाट करिब डेढसय मिटर तल खसेर बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको थियो । दुर्घटनामा घाइतेमध्ये गम्भीर घाइते १० जनाको मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय