गुल्मीको मुसिकोट नगरपालिकामा १८करोड ६लाख ८२ हजारको अत्याधुनिक अस्पताल बन्दै

बिहिबार ०४, मंसिर २०७७,रामकृस्ण कंडेल,मुसिकोट नगरपालिका

गुल्मीको मुसिकोट नगरपालिका(७,वामीटक्सार बजारमा १५ शैयाको अस्पताल भवन निर्माणको लागि शिलन्यास कार्यक्रम यही मंसिर १५ गते हुने निर्णय गरिएको छ।आज सम्पन्न वामीटक्सार स्वास्थ्य चौकी ब्यबस्थापन समितिको बैठकले उक्त निर्णय गरिएको ब्यबस्थापन समितिका अध्यक्ष प्रकाश काफ्लेले बताऊनु भयो।अध्यक्ष काफ्लेका अनुसार वामीटक्सार बजारमा आगामी २ बर्ष भित्रमा १८ करोड ६ लाख ८२ हजारको अत्याधुनिक अस्पताल भवन आगामी २ बर्ष भित्रमा सम्पन्न हुने छ।मंसिर १५ गते बिहान १० बजे शुभ साईतमा अस्पताल भवनको शिलन्यास गरिने पन्डित हरी चालिसेले बताऊनु भयो।

१५ शैयाको अस्पताल समयानुकूल पछी ५० शैया सम्मको बन्ने आशा र अपेक्षा लिईएको अध्यक्ष काफ्लेले बताऊनु भयो।सरकारी स्तरमा अस्पताल स्थापनाको लागि हामीहरू बिगत लामोसमय देखि लागिपरेको र संघिय सरकारले बजेट बिनियोजित गर्नु स्वागतयोग्य कदम भएको काफ्लेको भनाई छ।

१५ शैयाको अस्पताल भवन निर्माण पश्चात अस्पतालमा ४ जना डाक्टरहरू सहित २१ जना कर्मचारीहरूको दरबन्दि रहने स्वास्थ्य शाखा प्रमुख डि बि जि सी ले बताऊनु भयो।१५ शैयाको अस्पताल भवन निर्माणको लागी मुनपा(७,वामीटक्सारमा १ रोपनी जग्गा केशब फुल्लेल बाट दानमा प्राप्त भएको छ,६ रोपनी स्वास्थ्य चौकी को पुरानो जग्गा र ३ रोपनी ४ आना जग्गा हालसालै खरिद गरिएको अबस्था छ।

बैठकले शिलन्यास कार्यक्रममा मुसिकोट नगरपालिकाका जनप्रतिनिधी हरू,नेकपा,नेपाली कॉग्रेस लगायत राजनितीक दलका नगर तथा वडा स्तरिय नेताहरू,सामाजिक बौध्दिक ब्यक्तित्वहरू लाई उक्तदिन निर्धारित समयमा उपस्थित भई कार्यक्रम सफल पार्नको लागि बिशेष आग्रह गर्ने निर्णय गरिएको छ।

बैठकमा मुसिकोट नगरपालिका आर्थीक संयोजक तथा वामीटक्सार स्वास्थ्यचौकी ब्यबस्थापन समितिका अध्यक्ष प्रकाश काफ्ले,नेपाली कांग्रेस नगर सभापती तथा ब्यबस्थापन समिति सदस्य शुदर्सन शाक्य,स्वास्थ्य शाखा प्रमुख डि बि जि सी, स्वास्थ्य चौकी ब्यबस्थापन समिति उपाध्यक्ष गोपिकृस्ण खरेल,स्वास्थ्य चौकी प्रमुख त्रिविक्रम के सी,युनिक खवर डट कमका प्रधान सम्पादक रामकृस्ण कंडेल,नवखवरका प्रधान सम्पादक बिस्णुप्रसाद आचार्य,पन्डित हरी चालिसे लगायतको उपस्थिती रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय