मुसिकोट-३, तोलादीमा नेपाली कांग्रेसको टोल समिति र तरुण दल समिति गठन

गुल्मी: हिजो मुसिकोट-३, तोलादी, नौघाटमा सम्पन्न नेपाली कांग्रेस मुसिकोट नगरपालिका-३, तोलादीको भेलाले नयाँ कार्यसमिति गठन गरेको छ।

नेपाली कांग्रेस मुसिकोट नगरपालिका, वडा नं. ३, तोलादीको टोल कार्यसमिति तथा तरुण दल समिति गठन गरिएको हो। भेलाले नयाँ टोल समिति र तरुण दलको नेतृत्व चयन गरेको छ।

रामु केसीको अध्यक्षतामा टोल समिति र अर्जुन केसीको अध्यक्षतामा तरुण दल कार्यसमिति गठन गरिएको नेपाली कांग्रेसका नेता मुसिकोट नगरपालिका छायाँ सरकार प्रमुख झविलाल भण्डारीले बताउनुभयो। 

उहाँले नवनिर्वाचित पदाधिकारीलाई बधाई एवं सफल कार्यकालको शुभकामना पनि व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय