अनेरास्ववियु (क्रान्तिकारी) मुसिकोट अध्यक्षमा न्यौपाने निर्वाचित

गुल्मी – अनेरास्ववियु (क्रान्तिकारी) मुसिकोट नगरकमिटीको अध्यक्षमा सुनिल न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन् ।

शनिवार सम्पन्न प्रथम नगर सम्मेलनबाट न्यौपानेको अध्यक्षतामा ४६ सदस्यीय कमिटी गठन गरिएको हो ।

जसको उपाध्यक्षमा रबिन बिसी,सचीव अमित पाण्डे सह–सचीव बर्षा घिमिरे, कोषाध्यक्ष रोशन थापा निर्वाचित भएको अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला कमिटी गुल्मीका सचिव किसान पाण्डेले बताए ।

नगर सम्मेलनमा नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटी पुर्व अध्यक्ष खुम बहादुर थापा, अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रिय कमिटी सदस्य भरत चन्द, नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटी अध्यक्ष दुर्गा बिक,अनेरास्ववियु  क्रान्तिकारी गुल्मी जिल्ला कमिटी गुल्मीका अध्यक्ष राजन पोखरेल लगायतको उपस्थितीमा नगर सम्मेलन सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय