नेकपा एमाले मुसिकोट २ वडा कमिटीको आयोजनामा टोल कमिटी गठन

नेकपा एमाले वडाको सगठन सुदृढीकरण अन्तर्गत मुसिकोट नगरपालिका वडा न २ मा टोल कमिटी निर्माण कार्यक्रम संचालन गरिएको वडा कमिटी अध्यक्ष हरि बहादुर कुवरले बताउनु भयो।

कार्यक्रम बोल्दै नगर कमिटी अध्यक्ष प्रकाश काफ्लेले नेकपा एमालेलाई जनताको अपार माया गरेको र सबैको घरमा एमालेमय बनाउनुपर्ने बताउनु भयो।

सङगठन निर्माणमा मुसिकोट नगरकमिटी जुटेको बताउदै पार्टीले जनताको निमित्त सधै काम गर्ने बताउनु भयो।कार्यक्रममा खस्थोक अमराइ टोलमा ५१ सदस्यीय टोल कमिटी गठन गरिएको छ।

जसको इन्चार्जमा विष्णु बहादुर महत,अध्यक्षमा हरि बहादुर बोहरा, उपाध्यक्ष रामु नेपाली, सचीव कमला बोहरा, उप सचीव विष्णु बहादुर खडका र कमला नेपाली लगायतका रहनुभएको छ।

कार्यक्रममा मुसिकोट नगरकमिटि अध्यक्ष प्रकाश काफ्लेको प्रमुख आथित्यता रहेको थियो भने सचिवालय सदस्य रामकृष्ण कडेल, महेन्द्र घिमिरे, नगर कमिटी सदस्य धुर्ब पछाइ, शिव बहादुर नेपाली, वडा अध्यक्ष लक्ष्मण, खत्री नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मुसिकोट उपाध्यक्ष बाबुराम घिमिरे,

कार्यपालिका सदस्य गोबिन्द नेपाली, वडा कमिटी सदस्य टीका थापा, उप सचीव साबित्रा घिमिरे, जेष्ठ नागरिक मंचका हुत बहादुर बोहरा, लाल बहादुर बोहोरा, हिम बहादुर महत लगायतको उपस्थिति रहेको कार्यक्रममा विभिन्न पार्टी बाट ५ जना एमालेमा आउनु भएको थियो।

कार्यक्रममा बधाई तथा शुभकामना मन्तव्य बाबुराम घिमिरे धुर्ब पछाइ रामकृष्ण कडेलले राक्नु भएको थियो।

वडा कमिटी अध्यक्ष हरि ब कुवरको अध्यक्षता रहेको कार्यक्रममा स्वागत मन्तव्य उप सचिव साबित्रा घिमिरे र संचालन सचिवालय सदस्य महेन्द्र घिमिरेको रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय