गुल्मी आपचौर सेवा समिति जापानको अध्यक्षमा कृष्ण प्रसाद पोखरेल निर्वाचित

सुरज भट्टराई, गुल्मी-समितिको सातौँ अधिवेशनबाट पोखरेल अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

अधिवेशनबाट उपाध्यक्षमा विष्णु खरेल, गणेश खरेल, भरत खरेल, विष्णु गैरे र नेत्र प्रसाद अर्याल चयन हुनुभएको छ ।

त्यस्तै महासचिवमा सविन घिमिरे, कोषाध्यक्षमा गोकुल अर्याल, सचिवमाद्धय पर्शुराम खरेल र सन्तोष अर्याल चयन हुनुभएको बताईएको छ ।

सहकोषाध्यक्षमा विक्रम अधिकारी र सदस्यहरुमा गोपाल खरेल, शिव प्रसाद खरेल, सरोज खरेल र कृष्ण भण्डारी चयन हुनुभएको समितिले जनाएको छ ।

अध्यक्ष पोख्रेलको शभापतित्वमा सम्पन्न सातौ अधिवेसनमा गुल्मेली समाज जापानका तत्कालिन अधक्ष सालिकराम भन्डारी को बिशिष्ट अतिथी मा रहेको कार्यक्रममा प्रमुख आथिको रूपमा गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारी को ऊपस्थिती रहेको थियो भने कार्यक्रमको सन्चालन भने कुलचन्द्र खरेलले गर्नुभएको थियो ।

कामकाजको सिलसिलामा जापानको बिभिन्न ठाऊॅंमा बस्ने आपॅंचौरेहरूको पनि ऊल्लेखनिय ऊपस्थिती रहेको थियो

कार्यक्रमको निम्तोलाई सहर्स स्विकार गरेर आऊनुभएका अतिथीहरूलाई खादा ओडाएर स्वागत गरिएको थियो ।

साथसाथै सोहि कार्यक्रम को अवसरपारि अङ्ग्रेजी नया वर्ष २०२२ को शुभकामना आदानप्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय