सम्बोधनको क्रममै रोएकी मन्त्री झाक्रीलाई गुल्मेलीको यति ठुलो साथ मिल्यो

गुल्मी – नेपाल सरकारका शहरी विकास मन्त्री एबम् नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रामकुमारी झाँक्री गृह जिल्लाको एक कार्यक्रममा रोएकी छन् ।

शुक्रवार गुल्मी जिल्ला सदरमुकाम तम्घासमा नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० गुल्मीको पार्टी कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री झाँक्री जीवनका कठिनपूर्ण यात्रा सम्झीदै रोएकी हुन् ।

(एकीकृत समाजवादी) गुल्मीको पार्टी कार्यालय नजिकै एमाले पार्टी कार्यालयको पक्की घरलाई सम्झीदै भनिन, ‘थुप्रै घरहरु निर्माण गरियो, घर भनेको बस्न लायक हुनुपर्छ सबैको मान्यता हो’

उनले भनिन ‘जिन्दगीका महत्वपूर्ण समय त्यहि घर पार्टीमा योगदान गरेयौं’, लाखौं जनताको सारथी मात्रै होइन बदल्ने महत्वपूर्ण अभियानता पनि बनेयौं’ ।

तर त्यहि घर पार्टीबाट अलग भयौं यात्रा कठिन छ, उनले भनिन ‘कठिन यात्रा पनि सम्भव छ’ । सानो भाडाको घरमा पार्टी कार्यालय बनायौं मन्त्री झाँक्रीले भनिन्, ‘आज म धेरै भन्ने मुडमा छैन् ।

गहभरि आशु झादै मन्त्री झाँक्रीले भनिन ‘धेरै मान्छेले हामीलाई सोधेका छन् पार्टी कसरी निर्माण गछौं, राजनिति यात्रा कसरी अगाडी बढछ’ । मन्त्री झाँक्रीले गठबन्धन निर्वाचनसम्म कायम रहने र निर्वाचन पश्चात पनि कायमै राख्ने गरी गठबन्धन अगाडी बढ्ने दाबी गरिन ।

एमालेले बर्तमान गठबन्धन टुटाउन लागेको भन्दै कुनै पनि हालतमा नटुट्ने र एमालेकै कारण देशको आवश्यकताको आधारमा गठबन्धन बनेको उनले बताइन् ।

अर्को फरक एक प्रसङगमा मन्त्री झाँक्रीले जनताको समस्या बोल्ने र समाधान गर्ने थलो संसद अबरुद्ध गरेर एमालेले निरङकुस पारा देखाएको बताइन् ।

जनताको समस्यालाई समाधान गर्ने थलोलाई बन्धक बनाउनु दुःखद भएको बताउँदै यो प्रबृत्तिलाई रोक्न र जनताको समस्या र समाधान तर्फ लाग्न एमाले अध्यक्ष ओलीलाई उनले सुझाब दिइन् ।

पछिल्लो समयमा एमाले सत्ता बाहिर रहँदा अतालिएको भन्दै आफनै कारण यस्तो अबस्था आएको उहाँले दाबी गर्नुभयो । एमाले अध्यक्ष ओलीले निर्वाचन नै नचाहेको र निर्वाचन भए पत्तासाफ हुने पनि उनले जिकीर गरिन ।

सोहि अनुसार आउदो निर्वाचनमा पार्टीले अपेक्षा गरेभन्दा बढी साथ गुल्मेली जनताले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लाइ दिलाउने संकेत मिलेको शुभचिन्तकहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय