ट्रक दुर्घटना ३ जनाको मृत्यु,घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं लगियो

गोरखाको धार्चे गाउँपालिका–५ माछाखोला नजिकै शुक्रवार भएको मिनिट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

गोरखा। गोरखाको धार्चे गाउँपालिका–५ माछाखोला नजिकै शुक्रवार भएको मिनिट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । चालक धादिङ जिल्लाका निराजन नेपाल, ट्रकमा सवार दिपक परियार र दुई वर्षीया बालिका सपना गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपाल र परियारको घटनास्थलमै मृत्यु भएको र बालिकाको भने उपचारको क्रममा मृत्यु भएको डिएसपी प्रकाश दाहालले बताए ।

दुर्घटनामा घाइते भएका आशमान गुरुङ, अस्मिता गुरुङ, सरानी गुरुङलाई थप उपचारका लागि प्रभु एयरको हेलिकप्टरबाट काठमाडौंको शिक्षण अस्पताल लगिएको डीएसपी दाहाले बताए ।

आरुघाटबाट रड र सिमेन्ट लिएर माछाखोला जाँदै गरेको बा ५ ख ६५६६ नम्बरको मिनि ट्रक सडकबाट एक सय मिटर तल खसेर दुर्घटना भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय