सिंगो वस्ती नै काँग्रेसमा प्रवेश

koगुल्मी ,(रुरु क्षेत्र) एमालेको प्रभाव भएको रुरु क्षेत्र वडा २ सानो ग्वादीको सिंगो वस्तीका २८ घरका ६० जना भन्दा धेरै स्थानीयहरु एमाले परित्याग गरि नेपाली काँग्रेसमा एक साथ प्रवेश गरेका छन् ।

स्थानीय समाजसेवी, दलित अगुवा नेकपा एमालेका गाउँ कार्यसमिति सदस्य कृष्ण वहादुर विकको नेतृत्वमा उनीहरु काँग्रेस प्रवेश गरेका हुन । नेपाली काँग्रेस रुरुक्षेत्र २ ग्वादीको आयोजनामा भएको नयाँ पदाधिकाररुको स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रममा सिंगो गाउँका २८ घर धुरीका ६० ले पार्टी परित्याग गरेको यो गाउँकै पहिलो घटना हो ।

नेपाली काग्रेस रुरुक्षेत्र वडा २ का सभापति नारायण ज्ञवालीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले, १४ औं महाधिवेशन पछि, नेपाली काँग्रेसको नयाँ सोंच र अभियानलाई आत्मसाथ गर्दै नेकपा एमाले परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गर्नेको लहर बढ्नु आफैमा अत्यान्तै महत्वपूर्ण भएको धारणा राखे ।

उनले भने, काँग्रेसले अव कुनै पनि हालतमा जनताको शिर झुक्न दिने छैन, बिकासका हरेक कार्यलाई प्राथमिकता दिएर अगाडी बढ्ने छ, । पन्थीले थपे, काँग्रेसले नयाँ नेपाल निर्माणका साथै अवहुने निर्वाचनमा वहुमत ल्याउँने छ, काँग्रेस जनमूखि भएर अगाडी बढ्ने वेला भएको छ ।

सभापति पन्थीले, दलित भएकै कारण र गरीव भएका कारण हुने विभेदका साथै जिल्लाबाट सबै किसिमका विभेदको अत्यका लागि नेपाली काँग्रेस गुल्मीले सधै बिरोध गर्ने र समतामूलक समाज निर्माणमा सबैको ध्यान जानुपर्ने धारणा समेत व्यक्त गरेका थिए ।

नेपाली काँग्रेस गुल्मीका सचिव जगदीश भट्टराईले, बिकास र निर्माणमा, काँग्रेसले गरेको योगदानलाई अव जनताले मूल्याँकन गरेर अगाडी बढ्ने वेला भएको धारणा व्यक्त गर्दै, हरेक क्षेत्रबाट नेपाली काँग्रेस प्रतिको जनलहरका कारण पार्टी प्रवेश गर्नेहरुको संख्या बढेकोमा खुसी व्यक्त गरे ।

पार्टी सचिव भट्टराईले, रुरुमा नेकपा एमालेले राज्य संचालन गर्दै आएको भएता पनि हाल सम्म स्थानीय मतदाताका कुनै पनि समस्याहरुको पहिचान गर्ने प्रयास नगरेका कारण एमाले परित्याग गर्नेहरुको संख्या बढेको बताए ।

कार्यक्रममा काँग्रेस गुल्मीका सहसचिव छवि पाण्डेले, काँग्रेस जनताको पार्टी भएका कारण काँग्रेस प्रतिको विश्वास बढ्दै गएको बताए ।

कार्यक्रमका अर्का वक्ता नेपाली काँग्रेस क्षेत्र १ प्रदेश क का सभापति सन्तोष गौतमले, नेपाली काँग्रेसको इतिहास आफैमा गौरवशाली भएका कारण पनि मुलुकलाई संकट पर्दा काँग्रेस अगाडी आउँने गरेको धारणा व्यक्त गरे । प्रदेश क का उपसभापति मंगलवहादुर रेगामीले, रुरुक्षेत्रका जनताका हरेक समस्याहरु एमालेका जनप्रतिनिधीले वेवास्ता गरेका कारण जनताको मन दुखेको बताए ।

कार्यक्रमा नेपाली काँग्रस रुरुक्षेत्र गाउँ कार्य समितिका सभापति देवेन्द्र मल्लले, रुरु क्षेत्रमा नेपाली काँग्रेसको जीत हुने धारणा व्यक्त गरे । कार्यक्रममा सभापति नारायण ज्ञवालीले, नेपाली काँग्रेसको बिचार मन पराएर प्रवेश गर्ने सबै साथीहरुलाई जिम्मेवारी दिन पुराना साथीहरु जति वेला पनि तयार हुने र नयाँ र पुराना विच कुनै पनि विभेद नहुने धारणा व्यक्त गरे ।

नेपाली काँग्रेस रुरु क्षेत्र गाउँ कार्य समितिका उपसभापति चिरन्जिवी अर्यालको स्वागत मनतव्य र सचिव सुमन वरालको संचालनमा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय