अत्यधिक चिसो बढेपछि मुसिकोटका सम्पुर्ण विद्यालय बन्द

विष्णुप्रसाद आचार्य चकित मुसिकोट गुल्मी

अत्यधिक चिसो बढेपछि मुल्मी मुसिकोट नगरपालिका भित्रका सम्पुर्ण विद्यालयहरू बन्द हुने भएका छन ।

विगत ३ दिन अगाडिदेखि क्रमश चिसो बढ्दै गएको र मङ्गलबार बेलुकीदेखि निरन्तर पानी परी चिसो बढेकोले आउदो शुक्रबारसम्म बिदा दिने निर्णय गरिएको मुसिकोट नगरपालिका शिक्षा शाखा सहायक प्रमुख चुरा बहादुर छन्तेलले जानकारी दिनुभयो ।

पुस १५ गते सङ्घिय सरकारले पनि तमु ल्होसारको अवसरमा बिदा दिएको छ तर त्यस अगावै मुसिकोट नगरपालिकाले जाडो बढेकोले २ दिनलाइ बिदा दिने निर्णय गरेको मुसिकोट शिक्षा शाखाले जनाएको छ ।

वर्षभरिमा गरिने स्थानिय बिदा मध्येबाट कट्टी हुने गरि बिहिबार र शुक्रबारको लागि बिदा गरिएको शिक्षा शाखा प्रमुख प्रकाश नेपालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय