गुल्मी समाज अस्ट्रेलियाको अध्यक्षमा कमला बस्नेत चयन

सिड्नी । नेपालको गुल्मी जिल्ला घर भएर अष्ट्रेलियामा बसीरहेका गुल्मेलीहरुको संस्था ‘गुल्मी समाज अस्ट्रेलिया’को अध्यक्षमा कमला बस्नेत चयन भएकी छन् ।

१९ डिसेम्बर १९ तारिख आइतवारका दिन सिड्नीको टेम्पे पार्कमा सम्पन्न भएको अधिवेशनले बस्नेतको अध्यक्षतामा २०२१ – २३ का लागि सर्वसम्मतीले नयाँ कार्यसमिति चयन गरेको हो ।

अष्ट्रेलियामा रहेका नेपाली संघसंस्थाहरुमा महिला नेतृत्वमा पुग्ने गरेको घटनाहरु कमै देखिरहेको अवस्थामा कमलाले उक्त अवसर पाएकी हुन् ।

जसको उपाध्यक्षहरुमा चतुर्भुज खरेल र रमेश मरासिनी, सचिबमा युबराज भण्डारी ,कोषाध्यक्षमा बसन्त खरेल ,सदस्यहरुमा बिष्णु घिमिरे, कृष्ण खरेल, सिर्जना ज्ञवाली, कमल जिसी, अन्जु घिमिरे, प्रेम सापकोटा र प्रकाश खरेल रहेका छन् । सहसचिव पदमा कार्यसमितीको वैठकबाट पछि मनोनयन गरिने भएको छ ।

नयाँ कार्यसमिति चयन गर्नको निम्ती भिम खरेलको संयोजकत्वमा निर्वाचन मण्डल गठन गरिएको थियो । उनले नवनिर्वाचित कार्यसमितिलाई शपथ खुवाएका थिए ।

उक्त अवसरमा संस्थाका निवर्तमान अध्यक्षत श्याम केसीले आफ्नो कार्यकालमा साथ दिने सबैलाई आभार व्यक्त गर्दै आगामी दिनमा पनि संस्थाप्रति कटिबद्ध रहेर सहयोग गर्ने वचनवद्धता जनाएका थिए । 

त्यस्तै नवगठित समितिका अध्यक्ष कमला बस्नेतले संस्थाले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने भन्दै आगामी दिनमा संस्थाको गरिमा बढाउने गरी नयाँ योजनाहरु सार्वजनिक गर्ने जानकारी दिइन् ।

गुल्मी समाज अष्ट्रेलियाले गुल्मी र गुल्मीबासी मात्र नभएर समग्र नेपाल र नेपालीहरुको कल्याणको निम्ती मानवीय तथा सामाजिक कामहरु गर्दै आएको छ ।

नवनिर्वाचित अध्यक्ष बस्नेतले आफूले नयाँ जिम्मेवारी पाउँदै गर्दा यो एक चुनौतिपूर्ण रहेको भन्दै संस्थाले निर्दिष्ट गरेका उद्देश्यहरु पूर्ति गर्न अघि बढ्ने बताइन् ।

घरपरिवार, काम, जिम्मेवारी आदिमा रहेर पनि समाजसेवामा समय निकाल्न पाएकोमा खुशी व्यक्त गर्दै उनले भनिन्,’पुरुष मान्छेहरुको कुरा मात्र गर्नु भन्दा, महिला मान्छेहरुले नै अधिकार खोज्नुपर्छ ।

’संस्थामा आवद्ध भइसकेपछि धेरै जिम्मेवारी हुन्छन्’, उनले भनिन्, ‘आशा छ, म काम गर्न आएको छु, सबै टिमले साथ दिनुहुनेछ ।’

उनले अब केही दिनमा संस्थाको बैठक बसेर नयाँ कार्यनीति तय गरिने समेत बताइन् । उनले नेपालमा विभिन्न आवश्यकताबाट गुज्रिरहेका र अवसरबाट बञ्चित भएका मानिसहरुको लागि एक असल सहयोगीको रुपमा संस्थालाई उभ्याउने समेत बताइन् । 

१८ बर्षअघि गुल्मीबाट अष्ट्रेलिया आएकी उनले यहाँ सीपमूलक व्यवसायमा संलग्न छिन् ।/ फेसबुक कमेन्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय